Home > विराटनगर समाचार (Page 5)

बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुको जोड

बिराटनगर २९ असोज बहुउद्देयीय प्रकृतिका सहकारीहरुलाई कार्यसम्पादनमा सहजताका निम्ति कानुन संशोधन आवश्यक रहेको सहकारीकर्मीहरुले बताएका छन् । विराटनगर–३ स्थित सत्यम कृषि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । सत्यम् सहकारीका अध्यक्ष गंगाप्रसाद यादवले सहकारी ऐन २०७४ र नियमावली २०७५ मा बहुउद्देश्यीय प्रकृतिका सहकारीहरुलाई सहजतापुूर्वक

Read More

नेपाल वैश्य युवा संघ मोरङले मकालु टेलिभिजनका संवाददाता पदमकुमार सरदारसहित एक दर्जन व्यक्तिलाई सम्मान

बिराटनगर २९ असोज नेपाल वैश्य युवा संघ मोरङले मकालु टेलिभिजनका संवाददाता पदमकुमार सरदारसहित एक दर्जन व्यक्तिलाई सम्मान गरेको छ । कोरोनाको संक्रमणका बीच पनि जनतालाई सूचना सम्प्रेषणमा अहोरात्र खटेको भन्दै सरदारसहित पत्रकार प्रेम देवान र वीरेन्द्रकुमार साहलाई कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, संघका अध्यक्ष गणेशकुमार साहले दोसल्ला ओढाएर

Read More

उपचारमा लागेको खर्च तिर्न नसक्दा सिरहाका एक बालकको शव तीन दिनदेखि विराट नर्सिङ होममा

विराटनगर २९ असोज अस्पतालमा लागेको उपचार खर्च तिर्न नसकेका कारण सिरहाका एक विपन्न परिवार मृत्यु भएका आफ्ना दुई वर्षे छोराको शव अस्पतालमै छाडेर जाने बाध्यतामा पुगेका छन् । अस्पतालले तोकिदिएको न्यूनतम शुल्कसमेत तिर्न नसकेका कारण उनीहरु अस्पतालमै शव छाडेर जाने निष्कर्षमा पुगेका हुन् । विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएका सिराहको मानपुर

Read More

प्रदेश–१ मा हिजो ४५२ जना कोरोना संक्रमित थपिए

बिराटनगर २७ असोज प्रदेश–१ मा हिजो ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण

Read More

प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघ्यो

बिराटनगर २५ असोज प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्य ुभएसँगै मृतकको संख्या १ सय २ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा २८ महिला र ७४ पुरुष छन् । प्रदेश १ स्थायी ठेगाना

Read More

विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान

बिराटनगर २५ असोज विराट साहित्य संगम विराटनगरले साहित्यका विभिन्न विधामा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गरेको छ । हिजो विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई

Read More

स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण

विराटनगर २५ असोज विराटनगरस्थित स्टार बहुउद्देश्यीय सहकारी संस्थाले स्वर्गीय ओमप्रकाश गोयल स्टार छात्रबृत्ति वितरण गरेको छ । हिजो विराटनगरमा आयोजित २३ औं साधारणसभामा यस वर्षको छात्रवृत्ति जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका ११ जना विद्यार्थीहरूलाई वितरण गरेको हो । विराटनगरका वरिष्ठ समाजसेवी एवं उद्योगी दीनबन्धु गोयलले दाजु ओमप्रकाश गोयलको स्मृतिमा ७ लाख

Read More

कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वडाअध्यक्ष यादवलाई धरौटीमा छोड्न उच्च अदालत विराटनगरको आदेश

मोरङ २४ असोज कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश मोहम्मद जुनैद हिजोादको संयुक्त इजालशले यादवलाई १ लाख रुपैयाँ धरौटिमा छोड्न आदेश दिएको हो ।

Read More

आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने प्रदेश–१ सरकारको तयारी

बिराटनगर २४ असोज प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुुभएको छ ।विराटनगर–१२ मा हिजोदेखि सञ्चालनमा आएको कोभिड–१९ आइसोलेसन केन्द्रको उद्घाटन गर्नुुहुुँदै उहाँले दिन प्रतिदिन बढिरहेको कोभिड संक्रमतिहरुको उपचारका लागि कोभिड अस्पतालहरुले मात्र धान्न नसक्ने भन्दै त्यसका लागि आइसोलेसन केन्द्रहरु

Read More

प्रदेश–१ मा ४८५ जना कोरोना संक्रमित थपिए

बिराटनगर २४ असोज प्रदेश–१ मा हिजो ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, तेर्हथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जना

Read More