Home > विराटनगर समाचार (Page 4)

लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि प्लाज्मा रगत संकलन

बिराटनगर ११ मंसिर लायन्स क्लव अफ विराटनगर सेन्टरले कोरोना संक्रमितका लागि ३२ पिन्ट प्लाज्मा रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगर मोरङ शाखाको सहकार्यमा कोरोना संक्रमितको प्लाज्मा थेरापी पद्दतिद्वारा हुने उपचारका लागि रगतको अभाव हुन नदिने उदेश्यले विराटनगरमा रगत संकलन गरिएको आयोजकले जनाएको छ ।कोरोना भाइरस संक्रमणमुक्त भएर ४० दिन

Read More

लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण

बिराटनगर ३० कात्तिक विराट साहित्य सङगम मोरङ विराटनगरले साहित्यकार लक्ष्मी रायमाझीद्वारा लिखित कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको छ । विराटनगरमा हिजो आयोजित एक कार्यक्रम बिच कविता सङग्रह “अक्षरको ज्यावल बोकेर” नामक पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा कवितासंग्रहले युवा पुस्तालाई प्रेरणा दिने र परिवारमा एकरुपता राख्ने उदे्श्य

Read More

पछिल्लो २४ घण्टामा विराटनगरमा कोरोनाबाट ११ जनाको मृत्यु

बिराटनगर २५ कात्तिक प्रदेश १ मा आज ५१६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ५१०, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३१५ पुगेको छ । प्रदेश १ मा आज ३१५ जना कोरोना संक्रमित थपिएका छन्

Read More

भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद

मोरङ ५ कात्तिक जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छली गरी ल्याइएका ११ लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरीले अवैधरुपमा सिमापारबाट ल्याइएका अतिसबाजी (पटका), खाद्यान्न तथा लत्ता कपडाहरु बरामद गरी भन्सार कार्यालयमा बुझाएको हो । विशेश सुराकका आधारमा खटिएको प्रहरी टोलीले मोरङको कटहरी–४ स्थित लोहन्द्रा घाटबाट १ लाख ८० हजार

Read More

प्रदेश १ मा ८ सय ७० जना कोरोना संक्रमित थपिए

बिराटनगर ५ असोज प्रदेश १ मा हिजो ८ सय ७० जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । सुनसरीमा ४४९, मोरंगमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्वुमा ६, संखुवासभा र ते¥हथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका

Read More

स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मात्र यसपटकको दशैं मनाउन समाजका अगुवाहरुको सुझाव

विराटनगर ५ कात्तिक स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्र यसपटकको दसैं मनाउनुपर्ने सामाजिक तथा राजनीतिक अगुवाहरुले बताएका छन् । प्रविधिको प्रयोगबाट शुभकामना आदानप्रदान गर्दै संक्रमणको जोखिमबाट बच्न उनीहरुले सुझाव दिएका छन् । कोरोना संक्रमणले सिंगो विश्वसहित आमनेपालीलाई आहत बनाइरहेको समयमै यसपटकको दसैं सुरु भएको छ । जसका कारण निकै हर्षोल्लासपूर्वक मनाइने

Read More

विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन

बिराटनगर १ कार्तिक विराटनगरकी साहित्यकार तृष्णा कार्कीद्वारा लिखित आकृति नामक कविता संग्रहको हिजो एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । विराटनगरमा आयोजित कार्यक्रममा कार्कीको पहिलो कविता संग्रह आकृतिको साहित्यकार दधिराज सुवेदी ,कविराज न्यौपाने, मधु पोखरेल, ममता गिरि लगायतले बिमोचन गर्नुभयो । यथार्थ बिषयमा केन्द्रित भएर लेखिएको कविता संग्रहमा २१ वटा कविताहरु समेटिएको

Read More

जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझायो

बिराटनगर ३० असोज जिल्ला प्रहरी कार्यालय मोरङले खोजतलासको क्रममा फेलापरेका मोबाईलहरु सम्बन्धित धनीलाई बुझाएको छ । जिल्ला प्रहरीले हराएका तथा चोरी भएका ५१ थान मोबाइल फेलापारी सम्बन्धित धनीलाई बुझाएको हो । कार्यालय परिसरमा सम्बन्धित धनीलाई डाकेर प्रहरीले मोबाईल बुझाएको हो । यसअघिपनि एक कार्यक्रमको आयोजनागरि जिल्ला प्रहरीले भेटिएका ८५ थान सम्बन्धीत

Read More

अस्पतालले उचित क्षतीपुर्तीको ब्यवस्था गरे पछि सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझे

बिराटनगर ३० असोज विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझेका छन । असोज २७ गते उनको मृत्यु भएपनि चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै आफ्न्तले शव बुझ्न मानेका थिएनन । शल्यक्रियाको क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै

Read More

एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न नेपाली कांग्रेस विराटनगरको माग

बिराटनगर ३० असोज कोरोना संक्रमितलाई राख्न आइसोलेसन र एक हजार वेडको भेन्टिलेटरसहितको कोरोना अस्पताल निर्माण गर्न माग गर्दै नेपाली कांग्रेस विराटनगर समितिले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । हिजो मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेस विराटनगरका कार्यबाहक नगरसभापति अरुण न्योपानेले पिसिआर टेष्ट गर्न

Read More