Home > विराटनगर समाचार (Page 16)

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको वर्डप्रेस सम्मेलनको तयारी

विराटनगर, ४ पुष । प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलन गरी यही पुस ७ गते सम्मेलन हुने जानकारी गराएको हो । संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धी चर्चा र प्रशिक्षणलगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार

Read More

विराट एक्स्पो ब्यापार मेलाको तयारी अन्तिम चरणमा

विराटनगर, ४ पुष । विराटनगरमा आयोजना हुने विराट ट्रेड एक्सपो २०१८ तथा अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालभारत सहित तेश्रो मुलुकका स्टल समेत रहने छन । मोरङ ब्यापार संघको अगुवाईमा यहि पुस ६ गतेदेखि १४ गते ९ दिनसम्म विराटनगरमा आयोजना हुने विराट एक्सपो ब्यापार मेलाको तयारी

Read More

निर्मला निम्ति बालबालिकाहरुको प्रदर्शन

विराटनगर, २ पुस । बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तलाई न्याय दिन माग गर्दै आज बालबालिकाहरुले विराटनगरमा शान्तिपूर्ण र्याली प्रदर्शन गरेका छन् । विराटनगरस्थित ग्रेडेड बोर्डिङ स्कुल र बाल्मीकी सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरुले निर्मलाका लागि सरकार संग न्याय माग गर्दै शान्तिपूर्ण र्याली प्रदर्शन गरेका हुन । विराटनगरको मुख्य बजार र

Read More

विराटनगरमा सेन्ट्रल मल्टिप्लेक्स

विराटनगर, २८ मंसिर । विराटनगरमा निर्माणाधिन सेन्ट्रल मलमा आजबाट सेन्ट्रल मल्टिप्लेक्स अत्याधुनिक प्रविधिको सिनेमा हल संचालनमा ल्याइएको छ । विशाल ग्रुप,देवेनरा ग्रूप र हाइलाईफ ग्रूपले संयुक्तरुपमा एक अर्बको लगानीमा निर्माणाधिन मल भित्र ११ करोडको लागतमा मल्टिप्लेक्स संचालनमा ल्याइएको हो । विराटनगर ७ स्थित मल परिसरमा आज आयोजित पत्रकार सम्मेलनपछि सो मल्टिप्लेक्स

Read More

पब्लिक फोरमको अध्यक्षमा पुनः उत्तम ढुंगेल

विराटनगर, २१ मंसिर । पब्लिक फोरमको अध्यक्षमा पुनः उत्तम ढुंगेल निर्विरोध निर्वाचित हुनुभएको छ । फोरमको दशौ बार्षिक साधारणसभाबाट अध्यक्षमा ढुंगेल निर्विरोध निर्वाचित हुनुभएको हो । आज भएको भएको भेलाले ११ सदस्यीय नयां केन्द्रिय कार्य समिति पनि गठन गरेको छ । नयाँ समितिको उपाध्यक्षमा अमलेश कर्ण, सचिवमा लवकुमार ताम्राकार र सहसचिव

Read More

कोशी अञ्चल अस्पताललाई विराटनगर महानगरपालिकाले दियो ३ लाख ५० हजार बराबरको ए.सी.

विराटनगर, १८ मंसिर । विराटनगर महानगरपालिकाले कोशी अञ्चल अस्पताललाई ३ लाख ५० हजार मूल्य बराबरको ए.सी. सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज कोशी अञ्चल अस्पतालका मेसु डाक्टर रोशन पोखरेललाई अस्पताललाई चाहिने ५ वटा ए.सी हस्तान्तरण गर्नुभएको हो । मेसु पोखरेलले बच्चा वार्ड र लेबर रुममा ए.सी नभएकाले सुत्केरी

Read More

विराटनगरमा पनि कर दिवस मनाइयो

विराटनगर, १ मंसिर । सातौं कर दिवशका अवसरमा आज आन्तरिक राजस्व कार्यालय विराटनगरको आयोजनामा प्रभातफेरीको आयोजना गरिएको छ । आन्तरिक राजस्व कार्यालय विराटनगरबाट निस्केको प्रभातफेरीले बुधहाट चौक, गोल्छा चौक, सिडियो कार्यालय हुँदै नगरका विभिन्न भागको परिक्रमा गरेको थियो । प्रभातफेरीमा सहभागीहरुले कर तिरौं राष्ट्र निर्माणमा सहभागी बनौं, राजस्वमा वृद्धि संघीय राज्यको

Read More

‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’

विराटनगर, ३० कार्तिक । समाजलाई सकारात्मक दिशामा डोहोर्याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । विराटनगरमा आज आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहिनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला

Read More

१ नम्बर प्रदेश सरकारको आयोजनामा छठ पर्व विशेष सांस्कृतिक कार्यक्रम

विराटनगर, २८ कार्तिक । प्रदेश नम्बर एक सरकारले आज छठ पर्वको अबसरमा विराटनगरमा शुभकामना आदान प्रदान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरेको छ । आदर्श माध्यमिक विद्यालयको प्राङगणमा सजिसजाउ गरेर आयोजना गरीएको कार्यक्रममा विभिन्न राष्ट्रिय कलाकार, स्थानीय कलाकारको प्रस्तुतीसंगै विभिन्न जाति समुदायले झाकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए । प्रदेश नम्बर १

Read More

भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन गरिने

विराटनगर, २८ कार्तिक । पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा नागरिक अभिनन्दन गरिने भएको छ । पूर्वअर्थमन्त्रीसमेत रहेका अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलन, सामाजिक र आर्थिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै नागरिक अभिनन्दन गर्न लागिएको हो । भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समितिले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर अभिनन्दनको तयारी तीव्र रुपमा भइरहेको

Read More