Home > विराटनगर समाचार (Page 13)

सरकार लोकतान्त्रीक बिधिमा चल्नु पर्छ : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सरकार चल्नुपर्ने बताउनुभएको छ । काँग्रेसको दोश्रो चरणको जनजागरण अभियानमा सहभागि हुन आउनुभएका देउवाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुंदै सरकार आफुखुशी अघि बढेको आरोप लगाउनुभयो । उहांले दलहरुसंग छलफल नगरी सरकारले मिडिया काउन्सिल, मानव अधिकार लगायतका विधेयक ल्याएको आरोप लगाउनुभयो ।

Read More

गुरुकुलमा जारी नाटक महोत्सवमा ‘अँध्यारो बाटो’ मञ्चन

विराटनगर । विराटनगरस्थित आरोहण गुरुकुलमा जारी विद्यालय नाटक महोत्सवअन्तर्गत आज ‘अँध्यारो बाटो’ नाटक मञ्चन भएको छ । विराटनगरको सत्यनारायण माविले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा मञ्चन गरिएको हो । नाटकले सामाजिक परिवेश र समाजका बेथितीहरुलाई समेटेको थियो । विद्यालयका शिक्षक लोकनाथ नेपालको लेखन र निर्देशन रहेको नाटक ‘अँध्यारो बाटो’

Read More

लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । लायन्स क्लब अफ विराटनगर पाथीभरा र लायन्स क्लब अफ विराटनगर सुभमको संयुक्त रुपमा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । आज विराटनगरमा भएको पदस्थापन कार्यक्रममा बर्ष २०१९÷२०२० का नयाँ कार्यसमितिको पदस्थापन भएको हो । लायन्स क्लब ३२५ ए वानका डिस्ट्रिक गर्भनर लायन राजन खत्रीले उहाँहरुलाई पदस्थापन गराउनु भएको हो ।

Read More

गुरुकुलमा विद्यालय नाटक महोत्सव सुरु

विराटनगर । अरुबेला नाटकका दर्शकका रुपमा नाटकघर पुग्ने विद्यार्थीहरुले यसपटक नाटक मञ्चन गर्ने भएका छन् । समाजको ऐनाको रुपमा लिइने नाटकमा विभिन्न ९ वटा विद्यालयका विद्यार्थीले आ–आफ्ना कथा बोल्नेछन् । आरोहण गुरुकुल विराटनगरले आज विराटनगर विद्यालय नाटक महोत्सव २०७६ को शुभारम्भ गरेको छ । नाटकप्रति आकर्षित विद्यालय र विद्यार्थीलाई सहभागी गराउँदै

Read More

राउण्ड टेवलद्धारा विद्यालयलाई कम्प्यूटर हस्तारण

मोरङ । राउण्ड टेवल नेपालले विराटनगरस्थित सुशिक्षा निकुञ्ज आधारभूत विद्यालयलाई एक लाख पचास हजार मुल्य वरावरका कम्प्यूटर हस्तारण गरेको छ । विराटनगर ८ हाटखोला स्थित सुशिक्षा निकुञ्ज आधारभुत विद्यालयलाई आज राउण्ड टेवल नेपालले कम्प्यूटर हस्तारण गरेको हो । राउण्ड टेवल नेपालका केन्द्रीय अध्यक्ष सौरभ केडियाको नेतृत्वमा गएको टोलीले ४ थान कम्प्यूटर,

Read More

अमेरिकामा सवारी दुर्घटना, विराटनगरका एकै परिवारका तीन जनाको मृत्यु

अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा विराटनगरस्थित मुनालपथका एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल रहेका छन् । मृतक गोविन्द र शान्ता घुम्न छोरी ज्वाईंकोमा अमेरिकास्थित मिजुरी गएका थिए । दुर्घटनामा कार चालक श्रद्धाका पति प्रभाश

Read More

नेपालका लागि दुबइका राजदुतसँग उद्योगीहरुको छलफल

विराटनगर । उद्योग संगठन मोरंग र मोरंग व्यापार संघले नेपालका लागि दुबइका राजदुत सईद एच.एम अल हन्तोवी अल नक्वीसँग व्यापारिक हितका सम्वन्धमा छलफल गरेको छ । छलफलका क्रममा उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले अरवका लगानीकर्तालाई नेपालमा लगानी गर्न दुतावासलाइ पहल र समन्वय गर्न अनुरोध गर्नुभयो । मोरंग व्यापार संघका अध्यक्ष

Read More

विराटनगरस्थित सत्यम् सहकारीको साधारण सभा सम्पन्न

विराटनगरस्थित सत्यम् कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । स्थानीय एक पार्टी प्यालेसमा विविध कार्यक्रम आयोजना गर्दै सो सहकारीको ११ औं बार्षिक साधारण सभा सम्पन्न भएको हो । सभामा संस्थाका अध्यक्ष गंगाप्रसाद यादवले आर्थिक बर्ष २०७५÷७६ को बार्षिक प्रतिवेदन र २०७६÷७७ को निति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो

Read More

राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा

बिराटनगर/विराटनगरमा आयोजना हुने ऐतिहासिक श्री राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ ७ गते आयोजना हुने रथयात्राको ५२ औं श्रृंखला भब्यरुपमा सम्पन्न गर्न सरोकारवाला लागि परेका छन । विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट निकालिने रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । यतिखेर रथले परिक्रमा गर्ने मेनरोड र

Read More

तीनजना सर्जकहरुको कृति आज विराटनगरमा एकैसाथ विमोचन

विराटनगर । बेग्लाबेग्लै बिधाका तीनजना श्रजकहरुको कृति आज विराटनगरमा एकैसाथ विमोचन गरिएको छ । गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’,गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ शिर्षकको तीन वटा कृति एकै साथ विमोचन गरिएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानिय परोपकार सामुदायिक

Read More