Home > राष्ट्रिय समाचार (Page 99)

छन्द कविता मार्फत भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि व्यंग्य

काठमाडौं, २१ पुष । स्रष्टाहरुले छन्द कविता मार्फत मुलुकमा व्याप्त भ्रष्टाचार, अशान्ति र राजनीतिक खिचातानीमाथि तिखो व्यंग्य गरेका छन् । लेखन कुञ्जले काठमाण्डौमा गरेको छन्द कविता वाचन कार्यक्रममा छन्दकविहरुले मुलुकको शान्ति सुरक्षा, भ्रष्टाचार, राजनीतिक खिचातानीमाथि व्यंग्य गर्दै राज्य सत्ताको नेतृत्व लिएकालाई हिम्मतका साथ दियालो बन्न सुझाव दिएका हुन् । आर्थिक अनियमितताको

Read More

सूचना र प्रविधिसँग सम्बधित विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न

विराटनगर, २१ पुष । विराटनगरमा जारी सूचना प्रविधि मेलाअन्तर्गत आज सूचना र प्रविधिसँग सम्बधित विभिन्न विषयमा अन्तरक्रिया आयोजना भएको छ । कार्यक्रममा बिग डाटा प्रविधि र उत्कृष्ट क्लाउड स्टोरेजहरु तथा शिक्षामा आइसिटीको महत्व रहेको जानकारी दिएको थियो । क्यान इनफोटेकका संयोजक राजन लम्सालले सूचना र प्रविधिको महत्वका बारेमा जानकारी गराउनुभयो ।

Read More

आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार

काठमाडौं, २१ पुष । सूचना प्रविधि तथा संचारमन्त्री गोकुल बास्कोटाले राजनीतिक परिर्वतन मात्रै नभई आर्थिक परिर्वतनबाट सामाजिक रुपान्तरण गर्ने लक्ष्यमा सरकार अघि बढेको बताउनु भएको छ । आज काठमाडौमा आयोजित नेपाल कुरियर सेवा संघको २४ औ बार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बास्कोटाले राजनीतिक, सामाजिक र आर्थिक रुपान्तरणलाई एकसाथ अघि बढाउने

Read More

पत्रकार महासंघ मोरङ शाखाद्धारा ३ जना पुरस्कृत

विराटनगर, २० पुष । नेपाल पत्रकार महासंघ मोरङ शाखाले दुई जना सञ्चारकर्मी र एक जना कर्मचारीलाई पुरस्कृत गरेको छ । आज विराटनगरमा भएको शाखाको १३ औँ साधारण सभाको अवसरमा सञ्चारकर्मी तारा आचार्य र ध्रुव भट्टराई तथा कर्मचारी दिपक फुयाँललाई नगदसहित पुरस्कृत गरेको हो । भट्टराईलाई ११ हजार राशी रहेको नगर विकास

Read More

मातहतका सबै निकायमा सूचना अधिकार तोक्न सहकारी मन्त्रालयलाई आदेश

काठमाडौ., २० पुष । राष्ट्रिय सूचना आयोगले मातहतका सबै निकायमा सूचना अधिकार तोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले मातहतका सबै निकायमा सूचना अधिकार तत्काल तोक्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई आदेश दिनु भएको हो । आज काठमाडौंमा

Read More

कर्मचारी समायोजन अध्यादेश २०७५ राष्ट्रियसभाबाट पनि स्वीकृत

काठमाडौं, २० पुष । राष्ट्रियसभाले कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको कर्मचारी समायोजन अध्यादेश २०७५ लाई स्वीकृत गरियोस् भनी गरेको प्रस्ताव बहुमतले पारित भएको हो । प्रतिनिधिसभाले यसअघि नै यस अध्यादेशलाई स्वीकृत गरिसकेको छ

Read More

क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्याउने आश्वासन

भक्तपुर, २० पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले क्यान्सर रोगीहरुलाई दिँदै आएको आर्थिक सहायता बढाएर ५ लाख पुर्याउने आश्वासन दिनु भएको छ । अध्यक्ष दाहालले क्यान्सर रोगीहरुलाई सरकारले दिँदै आएको एक लाख सहायता कम भएको भन्ने गुनासो आईरहेको उल्लेख गर्दै त्यसलाई बढाएर ५ लाख

Read More

बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको स्वीकार

काठमाडौं, २० पुष । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बजेटको अभावमा कृषकहरुलाई पर्याप्त मलको व्यवस्था गर्न नसकिएको स्वीकार्नुभएको छ । मन्त्री खनालले अर्थ मन्त्रालयले तत्काल बजेटको व्यवस्था नगरे रासायनिक मलको संकट झनै बढेर जाने पनि स्पष्ट पार्नु भयो । आज संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा

Read More

राष्ट्रपतिलाई महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले गर्यो अभिनन्दन

विराटनगर, १९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीलाई विराटनगरस्थित महेन्द्रमोरङ आदर्श बहुमुखी क्याम्पसले अभिनन्दन गरेको छ । क्याम्पसले आज विशेष कार्यक्रमको आयोजनागर्दै राष्ट्रपतिलाई अभिनन्द गरेको हो । कार्यक्रममा क्याम्पस प्रमुख बाबुराम तिम्सिनाले अभिन्दन पत्र सहित राष्ट्रपतिलाई अभिनन्दित गर्नुभयो । सो क्याम्पसका पूर्व विद्यार्थी समेत रहनुभएकी राष्ट्रपतिलाई अवलोकन भ्रमणको क्रममा अभिनन्दन गरिएको क्याम्पस

Read More

दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक छ : राष्ट्रपति

विराटनगर, १९ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ति गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताउनुभएको छ । विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताउनुुभयो । जनमतको कदर गर्दै

Read More