Home > राष्ट्रिय समाचार (Page 98)

पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको मन्त्री पोखरेलको भनाइ

काठमाडौं, २७ पुष । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले आधुनिक नेपालको एकीकरण गरेकाले पृथ्वीनारायण शाहप्रति सिंगो राष्ट्रले आदरभावका साथ सम्मान व्यक्त गरेको बताउनु भएको छ । उपप्रधानमन्त्री पोखरेलले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गरिरहँदा निरंकुश राजतन्त्रको चर्चा गरेको रुपमा बुझ्न नहुने पनि स्पष्ट पार्नु भयो । आज २ सय ९७

Read More

रक्षामन्त्री पोखरेल र अमेरिकाको इण्डो प्यासेफिक प्रमुखविच भेटवार्ता

काठमाडौं, २७ पुष । नेपाल भ्रमणमा रहेको अमेरिकी सेनाको इन्डो प्यासेफिक क्षेत्र हेर्ने प्रमुख एडमिरल फिलिप एस डेभिड्सनले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेरलसंग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सेना प्रमुख एडमिरल डेभिडसनले आज बिहान रक्षा मन्त्रालयमा पोखरेल सँग भेट गर्नु भएको हो । संयुक्त राज्य अमेरिकाको इण्डो प्यासेफिक प्रमुख डेभिडसन नेपालको

Read More

कर्मचारी समायोजन अध्यादेश सच्याउन माग

काठमाडौं, २५ पुष । नेपाल चिकित्सक संघले ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन सरकारसँग माग गरेको छ । नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले कर्मचारी समायोजन अध्यादेश सरकारले तत्काल नसच्याए प्रतिकारमा उत्र्ने चेतावनी पनि दिनुभयो । विधेयकविरुद्ध आन्दोलनरत सरकारी चिकित्सकहरुले आज काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले कर्मचारी समायोजन अध्यादेश चिकित्सकहरुको

Read More

राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएका विषयबारे जवाफ दिन सभामुखको रुलिङ

काठमाडौं, २५ पुष । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सांसहरुले बैठकमा उठाएका विषयबारे जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ । आजको बैठकमा सुन्य र विशेष समयमा सांसदहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष तिमिल्सिनाले बैठकको सुन्य र विशेष समयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको हो । यसैबीच आजको बैठकले प्रदेश लोकसेवा

Read More

सशस्त्र प्रहरी बलका कर्मचारीको बढुवा गर्न सरकारलाई संसदीय निर्देशन

काठमाडौं, २५ पुष । संसदीय समितिले सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुलाई तत्काल बढुवालगायतका सेवा, सुविधाको अवसर तत्काल प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको आज सिंहदरबारमा बसेको बैठकले सशष्त्र प्रहरी बल, नेपालमा कार्यरत कर्मचारीहरुको बढुवालगायतका वृत्ति विकासको अवसर नरोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको

Read More

सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं, २५ पुष । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गर्नुभएको छ । बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसँग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको

Read More

सहकारी अभियान सञ्चालन गर्ने सरकारको घोषणा

काठमाडौं, २५ पुष । सरकारले ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमाकुमारी अर्यालले मुलुकको समृद्धिका लागि ‘सहकारी अभियान’ संचालन गर्ने घोषणा गर्नु भएको हो । आज काठमाडौंमा आयोजित राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालको २६ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले सहकारी

Read More

छलफल गरेर मात्रै पशुपति क्षेत्रको गुरुयोजना बनाउनुपर्छ : थापा

काठमाडौं, २५ पुष । नेपाली काँग्रेसका युवा नेता एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले स्थानीय जनतासँग घनिभूत छलफल गरेर मात्रै पशुपति क्षेत्रको बृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने धारणा राख्नु भएको छ । काँग्रेस नेता थापाले स्थानीय जनताको व्यापक सहभागिता र सबै राजनीतिक दलहरुसँग परामर्श गरेर पशुपति क्षेत्रको वृहत्तर गुरुयोजना बनाउन उपयुक्त हुने

Read More

सरकारले ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने

ललितपुर, २४ पुष । सरकारले मानव स्वास्थ्य र वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि ‘मिना माता महासन्धि’ अनुमोदन गर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले मानव स्वास्थ्य तथा वातावरणमा गम्भिर असर पार्ने रसायन मर्करीको उचित व्यवस्थापनका लागि सरकारले सो सम्बन्धि ‘मिना माता महासन्धि’

Read More

धनुषामा चालू आर्थिक वर्षमा ३५ प्रतिशत विद्युत चुहावट

जनकपुर, २४ पुष । नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले चालू आर्थिक वर्षमा ३५ प्रतिशत विद्युत चुहावट भईरहेको स्वीकार गरेको छ । धनुषामा यस आर्थिक बर्षमा विद्युत चुहावटलाई २८ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । नेपाल विद्युत प्रधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलका अनुसार चालू आर्थिक वर्षमा ७ प्रतिशत विद्युत

Read More