Home > राष्ट्रिय समाचार (Page 93)

हावाहुरी पीडितहरुलाई १ नम्बर प्रदेश सरकारले एककरोड रुपैयाँ दिने

विराटनगर । बारा र पर्सामा केहीदिन अघि आएको हावाहुरी पीडितहरुलाई राहत प्रदान गर्न १ नम्बर प्रदेश सरकारले एककरोड रुपैयाँ दिने निर्णय गरेको छ । हिजो साँझ बसेको प्रदेश सरकारको बैठकले एककरोड रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । सो रकम २ नम्बर प्रदेशको राहत तथा उद्धार

Read More

सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १३ चैत्र । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख महराले सूचनाको हकसम्बन्धि कानुन परिमार्जन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँले सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु

Read More

जनकपुरधाम उपमहानगरपालिकाका सफाईकर्मीहरु आन्दोलनमा

जनकपुर, १३ फागुन । जनकपुरधाम उपमहानगरपालिकाका दैनिक ज्यालादारीमा काम गरेका सफाईकर्मीहरुले दुई महिनादेखि तलव नपाएको भन्दै आन्दोलनमा उत्र्रेका छन् । उनीहरुले काम गराउने तर समयमा तलब नदिएको कारणले आफुहरु आन्दोलनमा होमिएको जनाएका छन । सफाईकर्मीहरुले जनकपुरधाम उपमानगरपालिकको अगाडि धर्नामा बसेका छन् । उनिहरुले सफाईको गाडीहरु संचालनमा समेत रोक लगाएका छन् ।

Read More

शिक्षामा राज्यले लगानी बढाउनुपर्ने शिक्षा तथा स्वास्थ्य समितिको निष्कर्ष

काठमाडौं, १२ फागुन । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिले शिक्षामा राज्यले लगानी बढाउनुपर्ने आवश्यक्ता औल्याएको छ । शिक्षा, विज्ञान तथा प्रविधि उपसमितिका संयोजक उमेश श्रेष्ठले मंगलबार समितिकी सभापति जयपुरी घर्तीलाई बुझाउनु भएको प्रतिवेदनमा सरकारी विद्यालयको सुधार गर्ने वित्तिकै निजी क्षेत्रका विद्यालयको आवश्यक्तानै नपर्ने निष्कर्ष

Read More

प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल

विराटननर, ११ फागुन । प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेश नम्बर १ को प्रदेशसभा बैठकमा सैद्धान्तिक छलफल भएको छ । विधेयकको सैद्धानितक छलफलमा भाग लिंदै सांसदहरुले समग्र प्रदेशको पर्यटन बिकाशका लागि छुटै पर्यटन बोर्ड निर्माण गरिनुपर्नेमा जोड दिएका छन् । एक नम्बर प्रदेश पर्यटन विकासका लागि प्रचुर सम्भावना

Read More

विराटनगरका नयाँ प्रशासकीय अधिकृतको यस्तो प्रतिबद्धता

विराटनगर, ११ फागुन । विराटनगर महानगरपालिकामा सरूवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले ऐतिहासिक शहर विराटनगरलाई समृद्ध बनाएर जनताको मनमा सधैं रहने गरी छाप छोडेर जाने प्रतिबद्धता जनाउनु भएको छ । महानगरको विकासमा आफ्नो तर्फबाट हुन सक्ने सहयोगमा कुनै कमी नहुने उहाँको दाबी छ । जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृत

Read More

‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ फिर्ता लिन कांग्रेसको माग

काठमाडौं, ११ फागुन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस संसदीय दलको आज सिंहदरबारमा बसेको बैठकले प्रधानमन्त्रीले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल

Read More

सरकार असफलतातर्फ उन्मुख रहेको भट्टराईको आरोप

काठमाडौं, ११ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार असफलतातर्फ उन्मुख रहेको बताउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका डा. भट्टराईले बाह्य लगानी घटेको, मुलुकको व्यापार घाटा बढदै गएको, विकास खर्च समेत लक्ष्य अनुसार हुन नसकेको उल्लेख गर्दै सरकार असफलतातर्फ उन्मुख हुन गएको बताउनु भएको हो

Read More

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित

काठमाडौं, ८ चैत्र । राष्ट्रियसभाले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ पारित गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकले प्रतिनिधिसभाबाट संदेश सहित प्राप्त विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक २०७५ लाई बहुमतले पारित गरेको हो । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्तृका प्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक

Read More

कुप्रथाको अन्त्य गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौं, ८ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय तहको सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडीजस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउन ढिलाई नहुने पनि स्पष्ट पार्नु भयो

Read More