Home > राष्ट्रिय समाचार (Page 88)

करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उपादान दिने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले करारमा कार्यरत कर्मचारीहरुलाई पनि उसले गरेको सेवा अवधिको मूल्यांकन गरी उपादान दिन सरकारसँग माग गर्नुभएको हो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा

Read More

काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने मन्त्री पण्डितको चेतावनी

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ । मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी पनि गर्नुभयो । आज संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र

Read More

बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिले तत्काल बक्यौता असुलीको कारवाही अघि बढाउन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकले यथासिघ्र बक्यौता उठाउने कारवाही अघि बढाउन निर्देशन दिएको हो । साथै प्राधिकरणले प्रस्तुत गरेको कार्ययोजना तदारुकताका साथ कार्यान्वय गरी समितिमा नियमित रुपमा प्रगती विवरण बुझाउन पनि

Read More

किराँत जातिले आज उभौली पर्व मनाउँदै

काठमाडौं । किराँत जातिले आज उभौली पर्व मनाइरहेका छन् । प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आफूहरुलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य रूपमा परंपरा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नाच्र्दै एक महिनासम्म मनाउने गर्छन् । किराँतीहरू प्रकृतिपूजक भएकाले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । किराँतहरूको यो

Read More

काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु

काठमाडौं । काठमाडौंमा ‘नवौं राष्ट्रिय ललितकला प्रर्दशनी’ सुरु भएको छ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले काठमाडौंको बबरमहलस्थित आर्ट काउन्सिलमा आयोजना गरिएको सो प्रर्दशनीको आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । त्यस अवसरमा उहाँले सो प्रर्दशनीले मुलुकको समृद्धिको अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री पोखरेलले कला,

Read More

नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानी गर्न भारतीय निजी क्षेत्रलाई पुनः आह्वान गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बन्न गएको दावी गर्दै त्यो अवसर नगुमाउन पनि वैदेशिक लगानीकर्ताहरुको ध्यानाकर्षण गराउनु भयो । ‘नेपाल–भारत लगानी प्रर्दशनी तथा सम्मेलन’ को दोस्रो दिन आज काठमाडौंमा आयोजित एक

Read More

बेलबारीकी एक वृद्धाको उपचारमा स्थानीय एकजुट

बेलबारी । उपचारको अभावमा एउटा खुट्टा पूर्ण रुपमा काम नलाग्ने अवस्थामा पुगेकी बेलबारीकी एक वृद्धाको उपचारमा स्थानीय एकजुट भएका छन् । बेलबारी नगरपालिका वडा नं २ लालभित्ती सिहदेवीकी ९४ बर्षीय वृद्धा पूर्णमाया मगर विगत लामो समयदेखि थला परेकी भए पनि परिवारको नाजुक आर्थिक अवस्थाका कारण उपचार नपाए पछि उपचारका लागि स्थानीय

Read More

विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यक्तामा दाहालको जोड

ललितपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विकासका नयाँ मोडलको खोजी गर्नुपर्ने आवश्यक्तामा जोड दिनु भएको छ । अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र अनुकूलको विकासको नयाँ मोडल अघि नबढाए मुलुक संकटमा फस्ने चेतावनी पनि दिनु भयो । आज ललितपुरमा सुरु भएको ‘अन्तराष्ट्रिय प्राङगारिक कृषि सम्मेलन’लाई

Read More

राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले समसामयिक विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्ने सदस्यहरुले आ आफ्ना क्षेत्रगत तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रियसभा सदस्य दिलकुमारी रावल थापा पार्वतीले संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेका बहुबर्षिय आयोजनाहरु निर्माण रोकिएको भन्दै प्रदेशसरकारसंग समन्वय गरेर

Read More

कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग

काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले सबै तहको कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्री र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै तहका कर्मचारीहरुलाई कार्य सम्पादन सम्झौंता अनिवार्य गर्नुपर्ने कानुनी व्यवस्था तत्काल

Read More