Home > राष्ट्रिय समाचार (Page 79)

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा छैन : मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि गोकुल बाँस्कोटाले संविधान प्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने विषय मिडिया काउन्सिल विधेयकमा नरहेको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाको आजको बैठकमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री बाँस्कोटाले प्रेसलाई व्यवस्थित र मर्यादित बनाउनका लागि सरकारले विधेयक ल्याएको बताउनुभएको

Read More

सबैले करदाता परिचयपत्र लिनुपर्ने मन्त्री खतिवडाको भनाइ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले प्यान कार्ड नागरिकता जस्तै विषय भएकाले सबैले करदाता परिचयपत्र लिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सले आज राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताउनुभएको हो

Read More

कुशे औंशी पर्व मनाइँदै

आज भाद्रकृष्ण औंशी अर्थात कुशे औंशी पर्व मनाइँदैछ । हिन्दुहरुले वर्षभरि देवकार्य र पितृ कार्यमा पवित्र मानी प्रयोग गरिने कुश आज घर घरमा भित्र्याउने चलन छ । आजको दिन कुश घरभित्र राख्दा घर पवित्र हुने विश्वास छ । सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता

Read More

पहिलो पटक भिडियो कन्फेरेन्स मार्फत मन्त्रीपरिषद बैठक बस्दै

काठमाण्डौ । मन्त्रीपरिषद बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भिडियो कन्फेरेन्समार्फत बैठकको सञ्चालन गर्नुहुनेछ । सिंगापुरमा उपचाररत प्रधानमन्त्रीले बैठक सञ्चालन गर्नुहुने भएको हो । आज दिउँसो १ बस्ने बैठकमा सरकारले गर्नुपर्ने नियमित कामका बारेमा छलफल हुने बताइएको छ । भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट सबै

Read More

सुरक्षा योजनामा सत्तारुढकै नेताको असन्तुष्ठी

काठमाण्डौ / सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्ठी जनाउनुभएको छ । पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आईतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गर्नुभएको

Read More

कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा काँग्रेस सांसदको चिन्ता

काठमाण्डौ । राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसका सांसदले नेपाल कम्युनिष्ट पार्टी भित्रको आन्तरिक कलहमा दुख ब्यक्त गरेका छन । राष्ट्रियसभाको आजको बैठकमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले मुलुकमा लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै दलहरु मिलेर काम गर्नुपर्ने बेला नेपाल कम्युनिष्ट पार्टी भित्र दुई शीर्ष नेताहरु बीच भएको संवाद र तिक्तताले

Read More

निर्माणाधीन नालीमा डुबेर झापमा एक महिलाको मृत्यु

झापा । झापाको बिर्तामोड–भद्रपुर सडकखण्डको निर्माणाधीन नालीमा डुबेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१० की करिब ६७ वर्षीया सुमित्रा राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रहरीका अनुसार बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत बिर्तामोड–३ सैनिक मोडमा खनिएको नालीको पानीमा डुबेर महिलाको मृत्यु भएको

Read More

गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको डा.कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गुटको राजनीति अन्त्य गर्न आफू देश दौडाहामा रहेको बताउनुभएको छ । नेपाली कांग्रेस तरुण विभाग मोरङले आज विराटनगरमा आज गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्य गर्न आफूले देश दौडाहा गरिरहेको बताउनु भयो । उहाँले कांग्रेसभित्र गुट रहने हो भने त्यसले

Read More

“माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने नेता पोखरेलको भनाइ

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले “माना पाथी जोखे” जस्तो पार्टीमा सन्तुलन नमिल्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी क्षेत्र नम्बर ५ ले आज राजधानीको बसुन्धरामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दे उपप्रधानमन्त्री पोख्रेलले पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई तुलोमा जोख्न नमिल्ने बताउनुभएको हो । उहाँले नमिलेका विषयलाई प्रक्रियाबाट नै मिलाउँदै जानुपर्ने बताउनुभयो

Read More

तीनजना सर्जकहरुको कृति आज विराटनगरमा एकैसाथ विमोचन

विराटनगर । बेग्लाबेग्लै बिधाका तीनजना श्रजकहरुको कृति आज विराटनगरमा एकैसाथ विमोचन गरिएको छ । गीतकार विजय कट्टेल ‘छहरा’को बालगीत संग्रह ‘नाच जुरेली’,गजलकार नवराज जमरकट्टेलको ‘बालुन भजन संग्रह’ र शंकरप्रसाद उपाध्याय पौडेलको उपन्यास ‘देशको माटो बोल्दैछ’ शिर्षकको तीन वटा कृति एकै साथ विमोचन गरिएको हो । प्रतिभा पुरस्कार प्रतिष्ठानले स्थानिय परोपकार सामुदायिक

Read More