Home > राष्ट्रिय समाचार (Page 38)

नेकपाको विवादको गाठो फुक्यो, पुष्पकमल दाहाललाई पूर्ण कार्यकारी अधिकार सहित अध्यक्षको जिम्मेवारी

काठमाण्डौ २७ भाद्र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले आगामी चैत अन्तिम साता पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ ।  करिब डेढ महिना स्थगित भएपछि हिजो बसेको बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको तयारी सम्बन्धि कामलाई अगाडी बढाउन

Read More

काठमाडौंमा अहिले कोठा भाडामा लगाउन मुस्किल

काठमाण्डौ २७ भाद्र केही महिनासम्म कोठा पाउन मुस्किल पर्ने काठमाडौंमा अहिले भने कोठा भाडामा लगाउन मुस्किल देखिएको छ । कोठा गरि बस्न होस वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने यहाँ अहिले ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचनाहरु जताततै देख्न पाइन्छ । कोरोना संक्रमणका कारण ४ महिना लामो लक

Read More

कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठन गर्न सांसदहरुको माग

काठमाडौं २७ भाद्र काठमाडौं उपत्यकाका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर कोरोना नियन्त्रणका लागि भए गरेका कामको अनुगमन गर्न संसदीय समिति गठनको माग गरेका छन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाका उपत्यका लगायत देशभरीको जनजीवन प्रभावित बनेको भन्दै सांसदहरुले सभामुखलाई भेटेर छुट्टै संसदीय समिति गठनको माग गरेका हुन । अहिलेको अवस्थामा संसदमा

Read More

अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी विद्यालयहरुले शुल्क लिन पाउने

  काठमाण्डौ २६ भाद्र सरकारले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका’ जारी गरेसँगै निजी विद्यालयहरुले अनलाइन कक्षाको शुल्क लिन पाउने भएका छन् । अनलाइन कक्षा सञ्चालन गरिरहेका निजी स्कूलहरूले निर्देशिका बमोजिम शुल्क लिने बाटो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खुला गरेको हो । मन्त्रालयले सम्बन्धित स्थानीय तहको स्वीकृतिमा अनलाइनलगायत वैकल्पिक विधिबाट गरिने शिक्षणमा शुल्क लिनपाउने

Read More

नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन पाउने

काठमाण्डौ २६ भाद्र सरकारले दैनिक ८ सय जना मात्रै विदेशबाट यात्रु ल्याउन पाउने गरी तय गरेको कोटा हटाएको छ । यो कोटा हटाएर नियमित उडान सुरु भएका मुलुकबाट एयरलाइन्सले चाहे अनुसार नै यात्रु ल्याउन दिइने भएको छ । नयाँ नियम अनुसार दैनिक २ सय देखि ३ हजारसम्म यात्रु नेपाल आउने अनुमान गरिएको

Read More

एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही गर्ने कानुन ल्याउने प्रधानमन्त्रीको ओलीको प्रतिबद्धता

काठमाण्डौ २६ भाद्र प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा १५ दिनभित्र ल्याउने प्रतिवद्धता जनाउनुभएको छ । एसिड आक्रमणबाट पीडित, सरोकारवाला मन्त्रालयका मन्त्री तथा प्रतिनिधिहरुसँग आफै निवास बालुवाटारमा भएको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र एसिड आक्रमणमा संलग्नलाई कडा कारवाही गर्ने कानूनको मस्यौदा ल्याउने प्रतिवद्धता जनाउनुभएको हो

Read More

प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गरायो

बिराटनगर २६ भाद्र प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेशन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले

Read More

भोजपुरमा कोरोना संक्रमितको संख्या बढ्दै, हिजोबाट एक हप्ता लकडाउन

  भोजपुर २६ भाद्र भोजपुरमा थप तीन जनामा कोरोना पुष्टि भएको छ । संक्रमित देखिएकाहरुमा वैंकका कर्मचारी, हिरासतमा रहेका थुनुवा र होल्डिङ एरियामा रहेका १÷१ जना रहेका छन । संक्रमितहरुमा भोजपुरका २८ वर्षिय पुरुष, षडानन्द नगरपालिका ६ का २२ वर्षिय पुरुष र टेम्केमैयुङ गाउँपालिका २ का २१ वर्षिय पुरुष रहेका छन । यसैविच

Read More

इलामका किसानलाई अलैची भित्रियाउने चटारो

इलाम २६ भाद्र जिल्लाको तल्लो क्षेत्रमा यतिबेला किसानहरु अलैँची भित्रियाउन लागि परेका छन् । ठाउँअनुसार भदौ महिनाबाट सुरु हुने अलैँची टिपाई कात्तिक महिनासम्म टिपिन्छ । तर बजारमा मूल्य नहुँदा किसान उतिकै निराश छन् । इलामका किसानलाई यतिबेला अलैची भित्रियाउने चटारो छ । पाकेको बाली भित्रियाउनका लागि किसानहरुलाई चटारो छ । अलैँचीमा छुरी

Read More

सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन

काठमाण्डौ २६ भाद्र सरकारले सिफरिस गरेको तीनजना राजदूतहरुको नाम संसदीय सुनुवाई विशेष समितिले सर्वसम्मत अनुमोदन गरेको छ । समितिको हिजो बसेको बैठकले राजकाजी खड्का, गेहेन्द्र राजभण्डारी र तापस अधिकारीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । सरकारले खड्कालाई जर्मनी, राजभाण्डरीलाई बेल्जियम र युरोपियन युनियन तथा अधिकारीलाई पाकिस्तानको राजदूतकालागि सिफरिस गरेको थियो । प्रस्तावित

Read More