Home > राष्ट्रिय समाचार (Page 37)

वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली

काठमाण्डौ २९ भाद्र सरकारले वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरेपछि गंगामाया अधिकारीको बिचल्ली भएको छ । सरकारले देशकै पूरानो अस्पताल वीर अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्ने भएपछि विगत ९ वर्षदेखि वीर अस्पतालमा रहेकी अधिकारीको विचल्ली भएको हो । छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारवाहीको माग राख्दै अनसनमा रहनुभएका उहाँलाई अस्पताल

Read More

विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन

काठमाण्डौ २९ भाद्र संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई उद्दार गरी एक महिना भित्र नेपाल ल्याइसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको हिजो सिंहदरबारमा बसेको बैठकले वैदेशिक रोजागरीको रुपमा विभिन्न मुलुकमा पुगेका र रोजगारी गुमाई अलपत्र अवस्थामा परेका नेपालीहरुलाई एक महिना भित्र

Read More

अन्य रोगका विरामीहरुले उपचार काहा गर्ने

काठमाण्डौ २९ भाद्र सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमणको दर बढेसँगै सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको चाप पनि बढ्दै गएको छ । कोभिडका विरामीहरुको उपचारले अस्पतालहरुमा प्राथमिकता पाएपछि अन्य रोगका विरामीहरुको उपचारमा भने समस्या भएको हो ।

Read More

सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा

काडमाण्डौ २९ भाद्र कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सरकारको आदेश विपरित काठमाडौं उपत्यकाभित्रको बजार सञ्चालनमा आएको छ । उपत्यकाभित्रका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते तीन साता लामो निषेधाज्ञालाई खुकुलो बनाई सातामा तीन दिन पसल सञ्चालन गर्न पाउने गरी दिन नै तोकेको छ । तर हरेक दिन सबैजसो

Read More

मोरङको बेलबारीका एक युवाले आफ्नो जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकोष स्थापना

मोरङको बेलबारी २८ भाद्र मोरङको बेलबारीका एक युवाले आफ्नो जन्मदिनमा लाग्ने खर्च कटाएर स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरिदिएका छन् । बेलबारी नगरपालिका वडा न –२ लालभित्तीका भूपेन्द्र अधिकारीले जन्मदिनमा हुने फजुल खर्च कटाएर स्थानीय कविर माध्यमिक विद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाँ बराबरको अक्षयकोश स्थापनाका लागि चेक हस्तान्तरण गरेका हुन ।

Read More

महामारकै बिच न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिएको  समिति संयोजक ढाकाकुमारी पराजुलीको भनाई

मोरङको बेलबारी २८ भाद्र मोरङको बेलबारी नगरपालिकाले कोरोना महामारीको समयमा समेत न्याय सम्पादनको कार्यलाई निरन्तरता दिइरहेको छ । विवाद समाधान अर्थात मेलमिलापका क्रममा न्यायिक समिति संयोजक समेत रहनुभएकी उपमेयर ढाकाकुमारी पराजुलीले लकडाउनका समयमा पनि न्याय सम्पादन प्रक्रियालाई निरन्तरता दिइरहेको बताउनुभयो । न्यायिक समितिमा विशेष गरी घर झगडा, साँध सिमाना, श्रीमान श्रीमतीबीचको विवादलगायतका

Read More

उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै

काठमाण्डौ २८ भाद्र काठमाडौं उपत्यकामा दिनदिनै कोरोना संक्रमणको दर बढ्दै गएपनि उपत्यका भित्रिने नाकाहरुमा चेकजाँच फितलो बन्दै गएको छ । ४ महिना लामो लकडाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञा २२ औं दिनपछि केही खुकुलो भएको छ । नाकाहरुमा पनि चेकजाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा

Read More

विराटनगर महानगरपालिकाद्धारा आरएनए एक्स्ट्राक्सन मेसिन कोशी अस्पताललाई हस्तान्तरण

बिराटनगर २८ भाद्र निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा विभिन्न संस्था तथा व्यक्तिहरु मिलेर खरिद गरेको आरएनए एक्स्ट्राक्सन मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । महानगरले कोशी अस्पताललाई हस्तान्तरण गर्नुअघि एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले सो मेसिन विराटनगर महानगरपालिकालाई प्रदान गरेको थियो । मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम

Read More

फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु

मोरङ २७ भाद्र मोरङको कटहरी गाँउपालिकामा रहेको फलफूल तथा तरकारी थोक बजारमा गरिएको तालाबन्दी खुलाउन सरोकारवालाहरुबीच दुई पक्षीय तथा सर्वपक्षीय छलफल सुरु भएको छ । बजार संचालनको प्रक्रियामा सम्बन्धित मन्त्रालयले स्थानिय पालिका, जनप्रतिनिधि र सरोकारवालालाई बाईपास गरेको र भवनको दुरुपयोग भएको भन्दै भदौ २३ मा स्थानिय जप्रतिनिधिसहितको समूहले थोक बजार भवनमा

Read More

राष्ट्रिय बाल दिवशको अवसरमा प्रदेश नम्वर एक स्तरिय बक्तिव्तकला प्रतियोगिता सञ्चालन हुने

ईलाम २७ भाद्र मानवअधिकार मञ्च इलामले राष्ट्रिय बाल दिवशको अवसरमा प्रदेश नम्वर एक स्तरिय बक्तिव्तकला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रदेश नम्वर एकका १४ वटै जिल्लाबाट जिल्ला स्तरिय छनौट प्रतियोगिता सञ्चालन गरिसकेको मञ्चले आगामी २९ गते प्रविधिको प्रयोग गर्दै प्रतियोगिता सञ्चालन गर्ने भएको हो । हिजो मञ्चको कार्यालयमा पत्रकार सम्मेलन गर्दै

Read More