Home > राष्ट्रिय समाचार (Page 36)

बहिरा संघ मोरङले परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक

बिराटनगर १ असोज बहिरा संघ मोरङले सञ्चालन गरेको सुस्त दृष्टिविहीन व्यक्तिका लागि स्वस्थ्य जीवन परियोजनाले पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेको छ । परिायोजनाले हिजो विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पहिलो वर्षको उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा परियोजना संयोजक प्रशान्त दुलालले परियोजाले कान नसुन्ने र आँखा नदेख्ने दुवै समस्या भएकाहरू तथा उनीहरूका

Read More

कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त नगरेको भन्दै मोरङको बेलबारीमा सरकारको विरोध

मोरङ बेलबारी १ असोज मुलुकलाई १८ घण्टे लोडसेडिङबाट मुक्त गराउने कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त नगरेको भन्दै मोरङको बेलबारीका युवाहरुले सरकारको विरोध गरेका छन् । कमिसनको चक्करमा लागेर सरकारले घिसिङलाई पुनः नियुक्ति नगरेको उनीहरुको आरोप थियो । बेलबारी स्वतन्त्र युवा समूहको आयोजनामा संचालन भएको खवरदारी कार्यक्रममा स्थानीय युवाहरुको

Read More

बारामा होटल सञ्चालकसहित ४ जना जुवाडे पक्राउ

बारा १ असोज ईलाका प्रहरी कार्यालय निजगढ बाराले होटल सञ्चालकसहित ४ जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नं.७ का ४७ वर्षिय टोकल भनिने जीतसिंह लामा , सोही नगरपालिका वडा नं.४ का ४० वर्षिय हरि ढुंगाना, सोहि वडाका ४६

Read More

निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न

पोखरा १ असोज निर्माणाधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कार्यप्रगति ६३ प्रतिशत सम्पन्न भएको छ । सन् २०२१ जुलाईमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भए पनि कोभिडका कारण केही समस्या हुने देखिएको छ । यद्यपि अहिलेसम्म विमानस्थल निर्माणको काम ६३ प्रतिशत सकिएको छ । विमानस्थलको रन वे, एप्रोन, ट्याक्सी वे, पाइपलाइन,

Read More

प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको कांग्रेसको आरोप

ललितपुर १ असोज नेपाली कांग्रेसले प्रधानमन्त्रीको अनिच्छाका कारण संवैधानिक पदमा पूर्ति हुन नसकेको आरोप लगाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुपर्ने कामहरुलाई आफ्नो प्राथमिकतामा नराखेर गर्न नहुने कामहरुमा क्रियाशिलता बढाएको आरोप कांग्रेसको छ । लामो समयसम्म रिक्त रहेको संवैधानिक आयोगका पदहरु पूर्तिका लागि ध्यान दिन नसक्नु सरकार र प्रधानमन्त्रीको कमजोरी भएकाले

Read More

आफूले पार्टीमा फरक मत राखेको नभई सुझाव मात्र प्रस्तुत गरेको नेता नेपालले स्पस्टोक्ती

काठमाण्डौ १ असोज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले आफूले पार्टीमा फरक मत राखेको नभई सुझाव प्रस्तुत गरेको स्पस्ट पार्नुभएको छ । पार्टीभित्र सहमति भइसक्दासमेत असन्तुष्टि जनाउनुभएका वरिष्ठ नेता नेपालले सहमतिलाई अझ बढी जोड दिन आफुले १७ बुँदे सुझाव प्रस्तुत गरेको बताउनुभएको हो । मकालु संवाददातासँग कुराकानी गर्दै वरिष्ठ

Read More

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

सुनसरी ३१ भाद्र अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा. बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरूद्ध सात करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ बिगो माग दाबी लिई अख्तियारले हिजो अदालतमा मुद्दा दायर गरेको हो । सार्वजनिक पदमा रहँदा उनले सो बराबरको

Read More

संरक्षणको अभावमा मूर्तिहरु जीर्ण बन्दै

पोखरा ३१ भाद्र पर्यटकीय नगरी पोखराको फेवातालस्थित कोमागाने पार्कमा बनाइएका मूर्तिहरु संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन् । सात वर्ष अघि विश्वका चर्चित मूर्तिकारहरुले निर्माण गरेका यी मूर्तिहरु अहिले संरक्षणको अभावमा छरपस्ट छन भने दिन प्रतिदिन जिर्ण बन्दै गएका छन् । ढुंगाबाट मूर्ति बनाउने संसारका प्रसिद्ध मूर्तिकारहरु थेउरी लयरसको टिम र

Read More

नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ

काठमाण्डौ ३१ भाद्र कर्मचारीले नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको विदाइ गरेका छन् । आइतबार ४ वर्षे कार्यकाल सकाएका घिसिङलाई हिजो एक कार्यक्रमका बीच कर्मचारीले विदाइ गरेका हुन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन–जानु सामान्य प्रक्रिया भएको बताउनुभयो । कर्मचारीले प्राधिकरणमा रातको १२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण

Read More

भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाइने

भोजपुर २९ भाद्र प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाइने भएको छ । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत यस बर्ष भोजपुरका २ हजार ३ सय ३० घरको फुसको छानो हटाएर जस्ता पाता लगाइने छ । यस बर्षको सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत जिल्ला

Read More