Home > राष्ट्रिय समाचार (Page 34)

यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीलाई

काठमाण्डौ ५ असोज यस वर्षको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँको उपन्यास महारानीले पाएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको बैठकले ‘महारानी’ उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । त्यस्तै जगदम्बाश्री पुरस्कार भने ६ दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित संगीतकार शान्ति ठटाललाई दिने निर्णय गरेको छ । यी दुबै पुरस्कार वितरण

Read More

नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै

काठमाण्डौ ५ असोज नेपालमा प्याजको खपत दिनप्रतिदिन बढ्दै गएको छ । आजकाल नेपालीहरुको भान्सा प्याज र गोलभेडा बिना करिब अपुरो हुने स्थिति आइसकेको छ । प्याजको खपत विभिन्न परिकार बनाउँदा प्रयोग गर्ने देखि लिएर सलादको रुपमा खाने सम्मको छ । त्यसैले पनि प्याजको महत्व पछिल्लो समय बढ्दै गएको छ । खपत बढ्दै

Read More

लेटाङ ९ जाँतेमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ५० लाखको क्षति

मोरङ लेटाङ ४ असोज लेटाङ ९ जाँतेमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ५० लाखको क्षति भएको छ । लेटाङ ९ जाँते पारुहाङ चौकमा रहेको नवीन राईको घरमा आगलागी हुँदा करिब ५० लाखको क्षती भएको स्थानीय राजबहादुर लिम्बुले जानकारी दिुनभयो । बिहान साढे ६ बजेतिर एक्कासी बिद्युत सर्ट हुँदा आगलागी भएको हो

Read More

भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा हुने अन्तीम तयारीमा

झापा ४ असोज नगरभित्र बालबालिकामाथि हुने हिंसा, अत्याचार र श्रम शोषणलाई रोक्न भद्रपुर नगरपालिका बालमैत्री नगर घोषणा गर्न लागेको छ । “बालबालिका सबैका प्यारा, बालमैत्री हाम्रो अभिभारा” भन्ने मुल नाराका साथ नगरपालिकाले बालमैत्री स्थानीय शासन उन्मूख नगर घोषणाको सबै चरण पुरा गरिसकेको छ । गत चैतमै बालमैत्री नगर घोषणा गर्न नगरपालिका जुटे

Read More

राउण्ड टेबलले संविधान दिवसको अवसरमा विराटनगरमा चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण

बिराटनर ४ असोज स्थापनाकालदेखि सामाजिक काम गर्दे आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफनो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिदै आएको छ । राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रम अन्र्तगत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको छ । विराटनगर महानगरका विभिन्न भागको

Read More

लक डाउनका कारण पोखराको फेवाताल किनारबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्भियो

पोखरा ४ असोज कोरोना महामारी नियन्त्रणका लागि जारी गरिएको लक डाउनका कारण पोखराको फेवाताल किनार सेबगरबाट साराङकोट जोड्ने केबलकार निर्माणको काम लम्भिएको छ । बैशाख महिना अघि नै निर्माण सम्पन्न गर्ने योजना रहेपनि २ हजार २ सय ७५ मिटर लामो अन्नपूर्ण केवलकार निर्माणको काम लक डाउनका कारण पछि धकेलिएको हो ।

Read More

स्रोत साधानको केही समस्या भएपनि संघियता व्यवस्थित ढंगले स्थापित भइसकेको परराष्ट्रमन्त्री ज्ञवालीको दावी

  काठमाण्डौ ४ असोज परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले स्रोत साधानले केही समस्या भएपनि कानूनी, प्रशासनिक र वित्तिय पाटोबाट संघियता व्यवस्थित ढंगले स्थापित भइसकेको बताउनुभएको छ । नेपाल कानून समाजले आयोजना गरको ‘भर्चुअल छलफल’मा बोल्दै मन्त्री ज्ञवालीले कर्मचारी अभाव र स्रोत साधान नपुग्ने समस्या भएपनि वित्तिय, प्रशासनिक र कानूनी हिसाबले संघियता स्थापना भइसकेको बताउनुभयो ।

Read More

कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा प्रदर्शन

झापा ४ असोज कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै झापामा सर्वसाधरणले प्रदर्शन गरेका छन् ।को पक्षमा सर्वसाधरण युवाहरुले स्वस्फूर्त रुपमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले घिसिङको पक्षमा प्लेकार्ड बोकेर बिर्तामोड परिक्रममा गरेका थिए । परिक्रममा पछि मुक्तीचोकमा भेला भएका युवाहरुले देशको अन्धकार हटाउने ब्यक्तिलाई

Read More

 तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई संसदीय समितिको निर्देशन

काठमाण्डौ ३ असोज संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनाका लागि काम अगाडी बढाउन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई निर्देशन दिएको छ । कृषकहरुले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधान तर्फ मन्त्रालयलाई गम्भिर हुन समितिले निर्देशन दिएको हो । जीविकोपाजर्नको

Read More

सवारी दुर्घटनामा परी एक साइकलयात्रीको मृत्यु

मोरङ ३ असोज मोरङको बेलबारीमा भएको दुर्घटनामा परी एक साइकलयात्रीको मृत्यु भएको छ। बेलबारी नगरपालिका–१० का ५० वर्षीय शम्भु दाहालको दुर्घटनामा मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकलले साइकललाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत डाँगीहाटमा हिजो बिहान १० बजेतिर ठक्कर दिएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार १७

Read More