Home > राष्ट्रिय समाचार (Page 33)

लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खुल्ने तयारीमा

चितवन ७ असोज गत चैत ११ गते देखि सुरु भएको लकडाउनले बन्द रहेका चितवन सौराहाका होटल तथा रेष्टुरेन्टहरु खुल्ने तयारीमा जुटेका छन । व्यवसायीहरुले कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरण गरी होटल सञ्चालन गर्नका लागि आन्तरिक तयारी भइरहेको बताएका छन् । लामो समय बन्द भएकाले सरसफाई र मर्मत गरेर होटल तथा रेष्टुरेन्ट

Read More

शिक्षक र कर्मचारीहरुको मासिक तलब उपलब्ध नगराए आन्दोलन गर्ने संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) को चेतावनी

बिराटनगर ७ असोज संस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) का शिक्षक र कर्मचारीहरुले मासिक तलबको माग गर्दै आन्दोलन गर्ने भएका छन । संस्थागत बिद्यालयले आफ्ना शिक्षक र कर्मचारीहरुलाई तलब नदिदा चुलो निभ्ने अवस्थामा रहेको भन्दै तत्काल तलब उपलब्ध गराउन उनीहरुले मागढ गरेका छन । संस्थागत बिद्यालयले शिक्षक कर्मचारीहरुको तलब भत्ताको ब्यवस्था गर्नुको साटो

Read More

बिरगंजको नारायणी अस्पतालको बहिरंग लगायत अन्य सेवाहरु सुचारु

बिरगंज ६ असोज बिरगंजको नारायणी अस्पतालको बहिरंग लगायत अन्य सेवाहरु सुचारु भएको छ । पछिल्लो समय निजी स्वास्थ्य संस्थाहरुमा महङ्गो मुल्य तिरेर उपचार गराई रहेका यहाँका स्थानीयलाई नारायणी अस्पतालको सेवा सुचारु भए पछि राहत मिलेको हो । समुदाय स्तर मैं फैलिएको कोरोनाको प्रभाव केहि कम भएकोले बिशेष सुरक्षा अपनाएर बहिरंग लगायत अन्य

Read More

बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन

काठमाण्डौ ६ असोज बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको निधन भएको छ ।  हिजो बिहान १० बजे उहाँको आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको आफन्त नुरछेपाल शेर्पाले जानकारी दिनुभयो । सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँचितुवा’ का नामले चिनिने आङरिताको भोलि बुधबार बौद्ध परम्पराअनुसार

Read More

बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन  सरकारलाई निर्देशन

काठमाण्डौ ६ असोज प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन सरकारलाई निर्देशन दिएको छ । बालबालिका सम्बन्धी ऐन र अन्य श्रम सम्बन्धी कानूनबीच भिन्नता देखिएको र ऐन कार्यान्वयनका लागि नियमावली नै नभएकाले तत्काल नियमावली बनाई कार्यान्वयनमा ल्याउन समितिले नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक

Read More

सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने

काठमाण्डौ ६ असोज सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ । बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत हुन बाँकी रहेको बताउनुभयो । राष्ट्रिय

Read More

विभिन्न स्थानमा थुपारेका लाखौं मूल्यको अवैध ढुंगा बाराको निजगढ नगरपालिकाद्धारा जफत

बारा ६ असोज बाराको निजगढ नगरपालिकाले विभिन्न स्थानमा थुपारेका लाखौं मूल्यको अवैध ढुंगालाई जफत गरेको छ । निषेधित अवधिमा खोला बगरमा प्रवेश गरी संकलन गरेको करिब एक करोड रुपैयाँ मूल्य बराबरको अवैध ढुङ्गा नगरपालिकाले जफत गरेको हो । निजगढ नगरपालिकाले बकैया र धन्सार खोलाबाट दुई दिनयता सो मूल्य बराबरको अवैध ढुङ्गा

Read More

उपचारको क्रममा निधन भएकी उपाध्यक्ष राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

भोजपुर ५ असोज उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरिएको छ । मृतक राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा समेत ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेकपा एक नं. प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले

Read More

सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने सहरी विकास राज्यमन्त्री मानन्धरको दावी

नुवाकोट ५ असोज सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने बताउनभुएको छ । काठमाडौं र ललितपुरको फोहोर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवास्थित सिसडोल ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने राज्यमन्त्री मानन्धरले बताउनुभयो । निर्माणस्थलको अनुगमनपछि राज्यमन्त्री मानन्धरले करिब ९० प्रतिशतकाम सम्पन्न भइसकेको बताउनुभयो

Read More

प्रदेश १ को प्रदेश पाश्वचित्र(प्रोफाइल) र बार्षिक विकास कार्यक्रम सार्वजनिक

बिराटनगर ५ असोज प्रदेश १ को प्रदेश पाश्वचित्र(प्रोफाइल) र बार्षिक विकास कार्यक्रम सार्वजनिक गरिएको छ । संविधान दिवसको अवसरमा हिजो मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रदेश योजना आयोगले तयार पारेको प्रदेश प्रोफाइल र बार्षिक विकास कार्यक्रम सार्वजनिक गरिएको हो । पाश्वचित्र र बार्षिक विकास कार्यक्रमको पुस्तक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सार्वजनिक

Read More