Home > राष्ट्रिय समाचार (Page 27)

उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि नोवेल टिचिङ अस्पतालमा तनाव

बिराटनग १७ असोज उपचारका क्रममा भोजपुरकी एक महिलाको मृत्यु भएपछि विराटनगरस्थित नोवेल टिचिङ अस्पतालमा तनाव भएको छ ।  डाक्टरको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्तले आकस्मिक कक्ष अगाडि धर्ना दिएका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ की ३० वर्षीया प्रतिमा राई उपचारका क्रममा मृत्यु भएको थियो । राईलाई जण्डिस र निमोनियाको

Read More

मोरङको सुन्दरहरैंचामा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट

मोरङ १७ असोज मोरङको सुन्दरहरैंचा नगरपालिका–३ आइतबारेमा बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । सुन्दरहरैंचा ३ कि स्थानीय २९ वर्षीया धनहीरा राईले छिमेकी ३८ वर्षीया महिलामाथि कुटपिट गरेकी हुन् । पीडित पक्षले दिएको किटानी जाहेरीपछि प्रहरीले कुटपिटमा संलग्न राईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार आफ्नो शरीरमा धामी उत्रिएको भन्दै राई

Read More

करको दर घटाउने सरकारको निर्णयको व्यवसायीद्धारा स्वागत

काठमाण्डौ १७ असोज करका दर र अन्तशुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागत योग्य कदम भनेका छन् । सरकारले गरेको करका दर र अन्तशुल्क घटाउने निर्णय बिहीबार नै राजपत्रमा प्रकाशित गई कार्यान्वयनमा आइसकेको छ ।

Read More

एक वर्षबाट केरुङ नाकामा लत्ता कपडालगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा

काठमाण्डौ १७ असोज करिब एक वर्षबाट केरुङ नाकामा लत्ता कपडालगायतका सामान रोकिँदा महाबौद्धका थोक व्यापारीहरु मारमा रहेका छन् ।  कोभिड—१९ संक्रमणको जोखिमका कारण केरुङ नाकाबाट सहज ढुवानी नहुँदा एक वर्षदेखि लत्ता कपडालगायतका सामान रोकिएका छन् । दशै नजिकिँदै गर्दा पनि पसलमा नयाँ सामान थप्न नपाउँदा त्यहाँका व्यापारीहरु चिन्तित बनेका छन् ।

Read More

इलामको सन्दकपुर–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि चार घर विस्थापित हुने अवस्थामा

इलाम १७ असोज इलामको सन्दकपुर–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि चार घर विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरो शुरु भएपछि माबुमा रहेको पञ्चकन्या माइ हाइड्रोपावरको सर्च टेंक र करिब चार सय मिटर पेनस्टक पाइपलाइनमा क्षति पुगेको छ । तीन महिना अगाडिदेखि गाउँ नै

Read More

कोरोना संकटका कारण र्चैत्रबाट बन्द भएका भोजपुरका बिद्यालयहरुमा पुन पठनपाठन शुरु

भोजपुर १६ असोज कोरोना संकटका कारण र्चैत्रबाट बन्द भएका भोजपुरका बिद्यालयहरुमा पुन पठनपाठन शुरु भएको छ । स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गराउँदै कोरोना संक्रमणका कारण बन्द भएका बिद्यालयहरु पुन शुरु भएको बिद्यालयहरुले जनाएका छन । भोजपुर नगरपालिका क्षेत्रका बिद्यालयहरु बिहिवारबाट सुचारु भएका छन । भोजपुर नगरपालिकाले गरेको बिद्यालयका प्रधानाध्यापक

Read More

रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर प्रतिस्थापन

काठमाण्डौ १६ असोज रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वर मन्दिरमा हिजो गजुर प्रतिस्थापन गरिएको छ । २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएको बालगोपालेश्वर मन्दिरको पुननिर्माणको काम अन्तिम चरणमा पुगेपछि हिजो सुनको लेपन भएको गजुर राखिएको छ । यसअघि गुम्बज शैलीमा निर्माण गरिएको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदन अनुसार प्रताप मल्लको पालामा बनाइको ग्रन्थकुट (शिखर) शैलीमा

Read More

सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ कार्यान्वयनमा ल्यायो

काठमाण्डौ १६ असोज नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ हिजो देखि कार्यान्वयनमा ल्याएको छ । अपराधजन्य कार्यबाट आर्जित आयलाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशनमा भएको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्न जोखिममा आधारित सुपरिवेक्षणको म्यानुअल हिजोदेखि लागू गरिएको पनि बोर्डले

Read More

सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्यायो

काठमाण्डौ १६ असोज सरकारले चाडपर्व लक्षित सुपथ मूल्य पसल हिजो देखि सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले देशभरका आ–आफ्नै कार्यालय, डिपो, डिलर र अनलाइन मार्फत सुपथ मूल्य पसल सञ्चालन गरेका हुन् । काठमाडौं उपत्यकामा सिंहदरबार, टेकु, कालिमाटी कोटेश्वर लगायत विभिन्न १६ स्थानमा र

Read More

थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने

काठमाण्डौ १६ असोज नेपाल नागरिक उड्डयन प्राधिकरणले थाइ एयर र एयर इण्डियालाई दिएको ग्राउण्ड ह्याण्डलिङको अनुमति फिर्ता लिने भएको छ । सरकारले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला प्राधिरकाले थाइ र एयर इण्डियालाई दिएको अनुमति पनि फिर्ता लिने तयारी भएको बताएको हो । बिहीबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय

Read More