Home > राष्ट्रिय समाचार (Page 24)

दशैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा

काठमाण्डौ २३ असोज दशैंमा लामो र मध्यम दूरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । यातायात व्यवस्था विभागले यात्रुको चापको अवस्थालाई हेर्दा अग्रिम टिकट बुकिङको आवश्यकता नै नपर्ने देखिएको बताएको छ । विभागका निर्देशक डा. लोकनाथ भुसालले अग्रिम टिकट बुकिङ खुल्ला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरुसँग छलफल गरेर मात्रै

Read More

जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान पछिल्लो समय फोहर फाल्ने थलोमा परिणत

काठमाण्डौ २२ असोज जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान पछिल्लो समय फोहर फाल्ने थलो बनेको छ । रामायण कालमा सीता र रामको स्वयम्बर भएको स्थलको रुपमा परिचित रहेको यस स्थान सरोकारवाला निकायहरुको उदासिनताका कारण अहिले फोहर फाल्ने थलो बनेको हो । धार्मिक आस्थासँग जोडिएको यो ठाउँमा अहिले नगरभरिको फोहर फाल्दा आसपासको क्षेत्र

Read More

भन्सार छलि सिमा वारपार गराउन खोजिएको ४ लाख मुल्य बढीका मालसामान बरामद

मोरङ २२ असोज जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलि सिमा वारपार गराउन खोजिएको ४ लाख मुल्य बढीका मालसामान बरामद गरेको छ । प्रहरीले पछिल्लो दुईदिनमा मोरङका विभिन्न स्थानबाट ४ लाख १४ हजार २ सय मुल्य बराबरको किराना लगायतका सामग्री बरामद गरेको हो । प्रहरीले हिजो बिहान भारतबाट नेपालतर्फ ल्याउन लागिएको अवस्थामा

Read More

झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पार्टीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज तीन महिनादेखि प्रभावित 

झापा २२ असोज झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पार्टीगत विवादले गाउँपालिकाको प्रशासनिक कामकाज तीन महिनादेखि प्रभावित भएको छ । दुईजनाको विवादले गाउँपालिकाका कर्मचारीसहित शिक्षक तथा स्वास्थ्यकर्मीले तीन महिनाको तलब भत्ता पाएका छैन । साउन, भदौ र असोज (दसैं पेस्की) सहितको तलब भत्ता माग गर्दै गाउँपालिकाका कर्मचारीले पटक पटक प्रमुख प्रशासकीय

Read More

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

काठमाण्डौ २२ असोज अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको छ । संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । हिजो बसेको समिति बैठकले आजदेखि लागू हुनेगरी अमेरिकाकालागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतकालागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र

Read More

राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेश

काठमाण्डौ २२ असोज राष्ट्रिय सहकारी विकास बोर्डले सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे रणनीतिक योजना तयार गरी मन्त्रालयमा पेश गरेको छ । बोर्डले हिजो भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे रणनीतिक योजना पेश गरेको हो । बोर्डका सह–अध्यक्ष दक्ष पौडेलले भूमि व्यवस्था,

Read More

अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारद्धारा वार्ता समिति गठन

काठमाण्डौ २२ असोज सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य रहेका शिक्षा मन्त्रालयले जनाएको छ ।

Read More

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकार अपिल

काठमाण्डौ २२ असोज सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन अपिल गरेको छ । अन्य जिल्लाको तुलनामा उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अपिल गरेको हो । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले उपत्यकामा संक्रमण नियन्त्रण उन्मुख

Read More

प्रदेश १ मा हिजो ३४३ जना कोरोना संक्रमित थपिए

बिराटनगर २२ खसोज प्रदेश १ मा हिजो ३४३ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा

Read More

 आवश्यक समन्वय हुन नसक्दा  (फास्ट ट्रयाक) निर्माणको क्रममा  विवाद सिर्जना भएको सेनाको दावी

काठमाण्डौ २१ असोज नेपाली सेनाले सरकारी संयन्त्रहरुबीच आवश्यक समन्वय हुन नसक्दा काठमाडौं—तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनामा विवाद सिर्जना भएको बताएको छ । संसदको विकास तथा प्रविधि समितिमा भएको छलफलमा सेनाले बाहिरी चक्रपथ निर्माण, स्मार्ट सिटी निर्माण लगायतका आयोजना लगायतका विषयमा सरकारी निकायबीच नै समन्वय हुन नसकेको बताएको हो ।

Read More