Home > राष्ट्रिय समाचार (Page 23)

निर्माणाधीन धरहराको निर्माण अवधि थपियो

काठमाण्डौ २४ असोज निर्माणाधीन धरहराको निर्माण अवधि थपिएको छ ।  राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७७ असोज २० गते भित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नेगरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता गरेको थियो । त्यस लगत्तै रमन कन्सट्रक्सनले २०७५ कात्तिक महिनादेखि निर्माण कार्य सुरु गरेको थियो । कोभिड १९को कारण लकडाउन हुँदा निर्माण

Read More

कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका वडाअध्यक्ष यादवलाई धरौटीमा छोड्न उच्च अदालत विराटनगरको आदेश

मोरङ २४ असोज कर्तब्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका मोरङको जहदा गाउँपालिका १ का वडाअध्यक्ष प्रदिपचन्द यादवलाई उच्च अदालत विराटनगरले धरौटीमा छोड्न आदेश दिएको छ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश मोहम्मद जुनैद हिजोादको संयुक्त इजालशले यादवलाई १ लाख रुपैयाँ धरौटिमा छोड्न आदेश दिएको हो ।

Read More

प्रदेश–१ मा ४८५ जना कोरोना संक्रमित थपिए

बिराटनगर २४ असोज प्रदेश–१ मा हिजो ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, संखुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४–४, खोटाङमा २, तेर्हथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जना

Read More

लामो समयसम्म गरेको लकडाउन र निषेधाज्ञापछि विभिन्न कार्यालयहरू खुल्दा सेवाग्राहीहरूको थामिनसक्नुको भिड

बिरगंज २४ असोज कोभिड–१९ (कोरोना) को कहरबाट बच्नका लागि सरकारले लामो समयसम्म गरेको लकडाउन र निषेधाज्ञापछि विभिन्न कार्यालयहरू खुल्दा सेवाग्राहीहरूको भीडभाड निकै नै बढेको छ । जसका कारण अझै कोरोना फैलिने सम्भावना बढेर गएको छ ।  लामो समयसम्मको लकडाउन र निषेधाज्ञाका कारण सेवाबाट बञ्चित पर्साका सेवाग्राहीहरू कोरोनाको प्रवाह नैं नगरी सरकारी

Read More

नागरिकता र राहदानी किर्ते गरेको आरोपमा फरार रहेका २ जना लाई प्रहरीले पक्राउ

धनकुटा २३ असोज धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा फरार रहेका २ जना लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका वडा न २ का ३० बर्षिय भीमराज लिम्बु र त्यसै वडा बस्ने ३६ बर्षिय हडिन रोगु लिम्बु रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनालाई नागरिकता

Read More

चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले विराटनगरबाट पक्राउ

बिराटनगर २३ असोज चोरी मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर–१४ भगवती चोक बस्ने २६ वर्षीय नौलखी भनिने श्रीप्रसाद महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले हिजो बिहान आफ्नै घरबाट पक्राउ गरेको छ । उक्त घटनामा संलग्न अर्का आरोपी विराटनगर–१४ कै सतिश झालाई असोज ११

Read More

झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

बिराटनगर २३ असोज झापा र सुनसरीबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन । भारत घर भई झापाको बिर्तामोड–९ मा डेरा गरी बस्दै आएका कृष्ण राय ब्राउनसुगर सहित पक्राउ परेका हुन । बुधबार साँझ उनलाई बिर्तामोड सैनिक मोडबाट ६ ग्राम ५०० मिलीग्राम खैरोहिरोईन ब्राउनसुगर सहित पक्राउ गरिएको प्रदेश प्रहरी

Read More

आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग

काठमाण्डौ २३ असोज त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । घटना भएको तीन दिनसम्म पनि अपराधी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र

Read More

(क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने मिडिया अलायन्स नेपालका अध्यक्ष राजकर्णिकारको दावी

काठमाण्डौ २३ असोज मिडिया अलायन्स नेपालका अध्यक्ष भास्करराज राजकर्णिकारले विदेशी च्यानलमा विज्ञापन रहित (क्लिन फिड) लागू भए नेपालको विज्ञापन बजार बढ्ने बताउनुभएको छ । क्लिनफिड लागू नहुँदा नेपाली टेलिभिजन, छापा माध्यम र रेडियोको विज्ञापन बजार संकुचन भएको उहाँले बताउनुभयो । अध्यक्ष राजकर्णिकारले कात्तिक ७ गतेदेखि क्लिन फिड लागू भए नेपालको विज्ञापन

Read More

बाख्राको मासु बेच्ने ब्यापारीलाई महानगरपालिकाको माछामासु निर्देशिका अनुसार कारबाही गरिने

बिराटनगर २३ असोज विराटनगरस्थित गुद्री बजारमा बाख्राको मासु बेच्ने ब्यापारीलाई महानगरपालिकाको माछामासु निर्देशिका अनुसार कारबाही गरिने भएको छ । विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीको नेतृत्वमा बुधबार गरिएको अनुगमनको क्रममा गुद्री बजारका ५ वटा पसलहरुमा शिलबन्दी गरिएको थियो । उक्त पसलका ब्यापारीहरुले बाख्रा काटेर विक्री वितरण गरिरहेको पाइएपछि अनुगमन टोलीले पसलमा शिलबन्दी

Read More