Home > राष्ट्रिय समाचार (Page 16)

भ्रष्टाचारको अन्त्य नभएसम्म रास्वपाले विश्राम लिँदैन : सभापति लामिछाने

काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकका भ्रष्टाचार अन्त्य नभएसम्म आफ्नो पार्टीले विश्राम नलिने बताउनु भएको छ । सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको प्रसंग उठाउँदै भ्रष्टहरुलाई देशलाई नलखेटेसम्म आफूहरुले विश्राम नलिने बताउनु भएको हो । आज पार्टीको ललितपुर महानगर समितिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै

Read More

आलोचनाले काम गर्ने उत्साह बढाउँछ : पूर्वप्रधानमन्त्री देउवा

काठमाडौं, १३ जेठ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताउनुभएको छ । उचित आलोचनाले काम गर्न झन उत्साह बढाउने तथा केही समस्या भए करेक्शन गर्न सकिने भएकाले पनि आफ्नो पार्टी आलोचनाबाट नडराउने उहाँको तर्क थियो । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसर पारेर

Read More

प्रमुख तीन दलको बैठक : लेखनाथ दाहालको अभिव्यक्ति संसद रेकर्डबाट हटाउने सहमति

काठमाडौं, १३ जेठ । प्रमुख तीन दलहरुबीच पशुपतिनाथको जलहरीमा सत्तापक्षका सांसद लेखनाथ दाहालले बोलेको जलहरी प्रकरणको विषयलाई संसदको रेकर्डबाट हटाउने सहमति जुटेको छ । आज बिहान प्रधानमन्त्री त्था मन्त्रीपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरुबीचको बैठकमा यो सहमति भएको हो । बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रमुख

Read More

राष्ट्रपति पौडेलद्वारा भोटो जात्राको अवलोकन

काठमाडौं ११ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मत्यसेन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा आज अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो । मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ लगनखेलबाट जावलाखेल पु¥याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा

Read More

प्रदेश प्रमुख खापुङद्वारा बजेट अधिवेशन आव्हान

विराटनगर, ९ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गतेलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालयले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश प्रमुख खापुङले प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन जेठ १४ गते आइतबार दिनको २ बजेलाई आह्वान गर्नुभएको जानकारी दिएको हो

Read More

प्रदेश योजना आयोगका उपाध्यक्ष उप्रेतीले लिए सपथ

विराटनगर, ७ जेठ । कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष डिल्लीराम उप्रेतिले पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो । सपथग्रहण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशलाई सबैको सहयोगमा नेपालकै समृद्ध

Read More

संसद बैठककै अमरेश सिंह अर्धनग्न

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर बिरोध जनाउनुभएको छ । सोमवारको प्रतिनिधि सभा बैठकको शुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठ्नुभएको थियो । तर

Read More

देशभरका भूमिहिनहरुका लागि सरकारले जग्गाको लालपुर्जा बितरण गर्ने

सरकारले भूमिहिनहरुका लागि लालपुर्जा बितरण गर्ने भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ सहित देशभरका १ सय ८७ स्थानीय तहसँग सम्झौता गरिसकेको छ । सुदूरपश्चिम प्रदेशका भुमिहिन नागरिकलाई लालपुर्जा वितरणको गृहकार्य शुरु भएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगले सुदूरपश्चिमका १७ वटा स्थानीय तहसँग सम्झौता गरी

Read More

धनकुटामा गतबर्ष भन्दा यसवर्ष सुन्तला उत्पादन ३० प्रतिशतसम्म घट्ने अनुमान

पौष ३ धनकुटा सुन्तला उत्पादन र निर्यातका लागि प्रख्यात धनकुटामा यस बर्ष सुन्तला उत्पादन घट्ने देखिएको छ । जिल्लाको समग्र सुन्तला उत्पादन गतबर्ष भन्दा ३० प्रतिशतसम्म घट्ने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ । फूल फूल्ने र दाना लाग्ने समयमा भएको भारि बर्षाका कारण यस बर्ष सुन्तला उत्पादनमा कमि आउने अनुमान

Read More

विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने

विराटनगर महानगरपालिकाभित्रका विद्यालयहरु पुस २ गतेबाट खुल्ने भएको छ । कोरोना महामारीका कारण चैत दोस्रो साताबाट बन्द गरिएका विद्यालयहरु पुस २ गतेबाट खुल्ने भएका हुन् । विराटनगर महानगरपालिकामा हिजो दिउँसो बसेको सर्वदलीय बैठकबाट यस्तो निर्णय भएको हो । सो बिषयमा जानकारी दिनुहुँदै विराटनगर महानगरपालिकाका नगर शिक्षा अधिकारी दुर्गा खतिवडाले स्वास्थ्य सुरक्षाका

Read More