Home > राष्ट्रिय समाचार (Page 117)

दुई वर्ष भित्र माग अनुसार सिटामोल उत्पादन गर्ने औषधि लिमिटेडको तयारी

काठमाडौ, २६ कार्तिक । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ । सिटामोलको माग बढि रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्ष भित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो । २ वर्ष

Read More

भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस

सरकारले भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । गएराति बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई राजदूत सिफारिस गरेको हो । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुनुहुन्छ । सरकारले यसअघि पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । तर, सत्तारुढ नेकपाभित्रै विवाद भएपछि यो

Read More

समुदाय प्रहरी साझेदारी

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इटहरी उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय सुनसरी बीच सहमति पत्रमा हस्ताक्षर भएको छ । आज उपमहानगरपालिकामा भएको एक कार्यक्रममा नगर प्रमुख द्वारिकलाल चौधरी र एसपी राजन अधिकारी बिच सहमति भएको हो । सहमति पत्रमा हस्ताक्षर भए पछि मेयर चौधरीले सबै नागरिक बिना बर्दीको प्रहरी भएको भन्दै

Read More

निर्मला पन्त हत्या प्रकरणः पाँच प्रहरी अधिकृत निलम्बन

३० भदौ, काठमाडौ । गृह मन्त्रालयले कञ्चनपुरमा १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या घटनाको अनुसन्धानमा संलग्न थप पाँच जना प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । शनिबार बिज्ञप्ति प्रकाशित गर्दै भदौ ७ गते गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित उच्च स्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापा समक्ष पेश

Read More

बिमस्टेक शिखर सम्मेलनको तयारीका लागि पराराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको तयारीको लागि पराराष्ट्र मन्त्रीस्तरीय बैठक सुरु भएको छ । राजधानीको होटल सोल्टीमा आज बिमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीस्तरीय बैठक सुरु भएको हो । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको अध्यक्षतामा बसेको बैठकलाई सदस्य राष्ट्रका परराष्ट्र तथा बाह्य मामिला विदेशमन्त्रीले सम्बोधन

Read More

गगनको चेतावनी

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गर्नुभएको छ । नेता थापाले सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि आज काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा थुप्रै कुरा छुटने भएकाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारको ध्यानाकर्षण गराउनु

Read More

अबको ९ महिनामा कटहरीमा रेल

विराटनगर, ३ भदौ । नेपालमा रेल आउने र नेपाली भूमिमा गुडेको हेर्नलाई अब धेरै समय कुर्नु नपर्ने भएको छ । मोरङको कटहरीसम्म अबको ९ महिनाभित्र मालबाहक रेल आउने गरी लिक निर्माणको काम धमाधम भइरहेको छ । विराटनगरमा रेल आउला र ? त्यो सपनामै सीमित होला कि ? धेरैले गर्ने प्रश्न

Read More

घरघरममा नाग देवताको पूजा

आज साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी । हिन्दू धर्मावलम्वीहरुले नागपञ्चमी पर्व परम्पराअनुसार घरका मूलढोकामा नागको चित्र टासी पूजा अर्चना गरेर मनाउँदैछन् ।हिन्दू धर्मावलम्वीहरुका घर–घरमा आज पुरोहितले नागको प्रतिमा भएको कागज टाँस्ने गर्दछन् । आजको दिन घरका ढोकामा शेषनागमा शयन गरेका भगवानको चित्र टाँसी पूजा गर्नाले चट्याङ र बज्र नपर्ने तथा

Read More

पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गर्न सरकारको ध्यानाकर्षण

सांसद घनश्याम खतिवडाले विद्यालयको पीउने पानीको ट्यांकीमा बिष राख्ने घटनाको तत्काल छानबीन गरि संलग्न अपराधीलाई हदै सम्मको कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको हिजोको बैठकको विशेष समयमा बोल्दै सांसद खतिवडाले घटनाको सत्य तथ्य छानविन गरी संलग्न दोषि माथि कडा कारवाही गर्न माग गर्नुभएको हो । पीउने पानीमा विष

Read More

विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी

लेटाङ, २९ साउन । मोरङको लेटाङस्थित एक विद्यालयको ट्यांकीमा विषादी हालेको पानी पिउँदा २२ जना विद्यार्थी बिरामी परेका छन् । जाँतेस्थित श्री माध्यमिक विद्यालयमा आज बिहान पानी पिउँदा विद्यार्थीहरू बिरामी भएका हुन् । सुरुमा ९ जना विद्यार्थी बिरामी भएकोमा पछिल्लो समय उक्त संख्या २२ पुगेको छ । बिरामीहरूलाई थप उपचारका लागि

Read More