Home > राष्ट्रिय समाचार (Page 115)

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्ने वातावरण बनाई दिन पत्रकार महासंघको आग्रह

काठमार्डौ, ३० कार्तिक । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्ने वातावरण बनाई दिन राष्ट्रिय मानवअधिकार आयोगसँग आग्रह गरेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले राज्यले प्रेस तथा अभिव्यक्तिको स्वतन्त्रताको हनन् गर्दैै लगेको उल्लेख गर्दै त्यसको उपभोग गर्ने वातावरण बनाई दिन आयोगसँग आग्रह गर्नु भएको हो ।

Read More

‘सुरक्षित पत्रकारिताका लागि दण्डहिनताको अन्त्य’

विराटनगर, ३० कार्तिक । समाजलाई सकारात्मक दिशामा डोहोर्याउन सूचना सम्प्रेषणको भूमिका निर्वाह गर्ने पत्रकार जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन । विराटनगरमा आज आयोजित सुरक्षित पत्रकारिताका लागि दण्डहिनता अन्त्य विषयक कार्यक्रममा बोल्ने वक्ताहरुले मर्यादित पत्रकारितामा जोड दिएका हुन । नेपाल पत्रकार महासंघ मोरङद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश १ का आन्तरिक मामिला

Read More

सरकार असफलता उन्मुख रहेको नेता केसीको आरोप

काठमाडौ, ३० कार्तिक । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सरकार असफलतातर्फ उन्मुख रहेको आरोप लगाउनु भएको छ । पूर्वमन्त्री समेत रहनु भएका कांग्रेस नेता केसीले प्रधानमन्त्री केपी ओली शक्ति हातमा लिएर जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको भन्दै आक्रोश पनि व्यक्त गर्नु भयो । आज काठमाडौंमा

Read More

नेपाल प्रहरीले विगतमा गरेका गल्ती नदोहोर्याउने महानिरीक्षक खनालको प्रतिवद्धता

काठमाडौ, ३० कार्तिक । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकको सेवामा मन, बचन र कर्मले समर्पित हुने प्रण समेत गर्नु भयो । ‘नागरिक–प्रहरी जनचेतनामूलक गीत’ को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उहाँले इमान्दारिताका

Read More

निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

काठमाडौ, ३० कार्तिक । निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुपर्ने अडान पनि

Read More

‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु

काठमाडौ, ३० कार्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ । सार्वजनिक शिक्षालाई विश्वभर गुणस्तरीय बनाउने गरी आवश्यक रणनीति तय गर्ने मूल एजेन्डासहित शुक्रबारबाट काठमाडौंमा सो सम्मेलनको शुभारम्भ गरिएको हो । ३ दिनसम्म चल्ने सम्मेलनले विश्वभर सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति तय गर्ने अभियानका

Read More

झापाका यि पर्यटन केन्द्रको प्रवद्र्धनमा सरकार लाग्ने

झापा ३० कार्तिक । सरकारले ओझेलमा परेका एक सयवटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवद्र्धन गर्ने भएको छ । जसअन्तरगत झापाको बाँसबारी सिमसार पूर्वाधार पर्यटन केन्द्र, शहीद नेत्रलाल पार्क बिर्तामोड, गौरादह कृषि पर्यटकीय क्षेत्र र अर्जुनधारा पर्यटकीय क्षेत्र चयन भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय

Read More

‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने

काठमाडौ, २९ कार्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । अभियानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५०

Read More

तत्काल आर्थिक सहायता उपलब्ध गराउन वायु सेवा निगमको सरकारसँग माग

काठमाडौ, २९ कार्तिक । नेपाल वायु सेवा निगमले तत्काल आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको छ । आज स्वेत्रपत्र जारी गर्दै नेपाल वायुसेवा निगमले तत्कालै आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग माग गरेको हो । निगमका अध्यक्ष मदन खरेलले वाईडबढि विमान खरिदसँगै निगमले तिर्नुपर्ने आर्थिक दायित्व धेरै भएकाले तत्काल आर्थिक सहायता

Read More

गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने

विराटनगर, २९ कार्तिक । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको नाममा अस्पताल निर्माण हुने भएको छ । जीपी कोइराला फाउण्डेसनले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर कोइरालाको स्मृतिमा अस्पताल निर्माण गर्ने घोषणा गरेको हो । फाउण्डेसनको प्रदेश–१ की संयोजक इन्दिरा थापाले विराटनगर र धनकुटामध्ये एक ठाउँमा अस्पताल निर्माण हुने जानकारी दिनुभयो ।

Read More