Home > राष्ट्रिय समाचार (Page 108)

आन्तरिक गुट उपगुटका कारण कांग्रेस कमजोर

काठमाडौ, २९ मंसिर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाटले नेपाली कांग्रेसको वर्तमान अवस्थाको कारण खोज्नुपर्ने अवस्था श्रृजना भएको भन्दै त्यसतर्फ नेतृत्वको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । काठमाण्डौमा सुरु महासमिति बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दे रानाभाटले विगतमा राणासंग लडेको कांग्रेसको शक्ति क्षीण हुदै गएको भन्दै त्यसबारे गम्भीर समिक्षा गर्नुपर्ने आवश्यकता औल्याउनुभएको हो

Read More

विराटनगरमा सेन्ट्रल मल्टिप्लेक्स

विराटनगर, २८ मंसिर । विराटनगरमा निर्माणाधिन सेन्ट्रल मलमा आजबाट सेन्ट्रल मल्टिप्लेक्स अत्याधुनिक प्रविधिको सिनेमा हल संचालनमा ल्याइएको छ । विशाल ग्रुप,देवेनरा ग्रूप र हाइलाईफ ग्रूपले संयुक्तरुपमा एक अर्बको लगानीमा निर्माणाधिन मल भित्र ११ करोडको लागतमा मल्टिप्लेक्स संचालनमा ल्याइएको हो । विराटनगर ७ स्थित मल परिसरमा आज आयोजित पत्रकार सम्मेलनपछि सो मल्टिप्लेक्स

Read More

शृंखला खतिवडाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने

काठमाडौ, २८ मंसिर । मिस वल्र्डमा टप १२ मा पुग्न सफल ‘मिस नेपाल वल्र्ड’ श्रृंखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कमलसहितको न्यानो कपडा वितरण गर्ने हुनुभएको छ । मिस नेपाल वल्र्ड खतिवडाले एक हजार वटा कमलसहितको न्यानो कपडा अव छिट्टै गृहजिल्ला मकवानपुरको चेपाङबस्ती वितरण गर्ने जानकारी गराउनु भएको हो । शुक्रबार काठमाडौंमा

Read More

वकिलहरुको राष्ट्रिय सम्मेलन हुने

काठमाडौ, २८ मंसिर । सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलन आगामी पुस ८, ९ र १० गते काठमाडौंमा हुने भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालका सरकारी वकिलहरुको दोस्रो राष्ट्रिय सम्मेलनको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो । पुस ८ गते राष्ट्रपति विद्या भण्डारीले काठमाडौंको राष्ट्रिय सभागृहमा सो सम्मेलनको

Read More

नेतृत्वका लागि इन्जिनियरहरु भिड्दै

काठमाडौ, २८ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएशनसको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा नेपाल इन्जिनियर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि मतदान भईरहेको हो । निर्वाचनमा नयाँ नेतृत्वका लागि प्रगतीशील समूह र लोकतान्त्रिक समूहका इ्िरन्जनियरहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन । केन्द्रिय कार्य कारिणी समितिको निर्वाचनमा प्रगतिशील

Read More

जगदीशपुर ताल संरक्षण गर्नुपर्नेमा जोड

कपिलबस्तु, २८ मंसिर । रामसार क्षेत्रमा सुचिकृत कपिलबस्तुको जगदिशपुर तालको बिकास र संर्बद्धनमा सम्बन्धीत निकायको भुमिका महत्वपुर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । जगदिशपुर जलाशय ब्यबस्थापन बहुसरोकार मञ्चको आयोजनामा रामसार क्षेत्रमा सुचिकृत तालमा डुंगा संचालन तथा पंक्षी संरक्षणका लागी आयोजना गरिएको पत्रकार सम्मेलनमा सहभागी सरोकारवालाहरुले सो कुरामा जोड दिएका हुन ।

Read More

ललितपुर महानगरपालिका ‘कला नगरी’ घोषित

ललितपुर, २८ मंसिर । विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको छ । नेपाल हस्तकला महासंघले आज ललितपुरमा सातौं हस्तकला दिवसको अवसर पारेर विश्व कला परिषदले यस वर्ष ललितपुर महानगरपालिकालाई ‘कला नगरी’ घोषणा गरेको औंपचारिक जानकारी गराएको हो । कला र कलाकारहरुले सम्पन्न सहर भएकाले विश्व कला

Read More

नेपालले अझै आयातमा नै जोड दिदै

काठमाडौ, २८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड दिनु परेको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नु भयो । उहाँले

Read More

ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रमबारे अध्ययन गर्न कार्यदल

विराटनगर, २७ मंसिर । प्रदेश नम्बर १ मा प्रदेशस्तरीय ज्येष्ठ नागरिक ग्राम वृद्धाश्रम सम्बन्धमा सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरिएको छ । आज विराटनगरमा भएको प्रदेश १ नम्बर स्तरीय ज्येष्ठ नागरीक भेलाले ९ सदस्य कार्यदल गठन गरेको छ । कार्यदलको संयोजकमा त्रिलोक न्यौपाने, सदस्यहरुमा कृष्णविनोद लम्साल लगायतका रहनुभएको छ । ज्येष्ठ

Read More

कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा

काठमाडौ, २७ मंसिर । नेपाली कांग्रेस महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली कांग्रेसले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी शनिबारबाट सुरु हुने पार्टी महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको औंपचारिक जानकारी गराएको हो । काठमाडौंको रामशाहपथस्थित योगम्बर पार्टी प्यालेसमा शनिबार बिहान ११ बजे पार्टीका सभापति शेरबहादुर देउवाले महासमिति बैठकको

Read More