Home > मुख्य समाचार (Page 75)

निवर्तमान सभामुख महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुने

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास र नमान्दा कुटपिट गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको अनुसन्धान प्रतिवेदन माथि आज निर्णय हुँदैछ । शुक्रबार प्रहरीले बुझाएको प्रतिवेदनमाथि माथि आज काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने वा नचलाउने निर्णय गर्नेछ । प्रहरीले महरामाथि आफ्नै कार्यालयकी कर्मचारीलाई जबरजस्ती करणी गरेको भन्दै कैद तथा

Read More

कफ्र्यु आदेश उल्लंघन गर्दा प्रहरीको गोली लागि कपिलवस्तुमा एकको ज्यान गयो

लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कफ्र्यू आदेश जारी गरेको छ । कफ्र्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गरेको छ । प्रहरीको गोली लागी स्थानीय कृष्णनगर नगरपालिका–२ सुरजकुमार पाण्डेको मृत्यु भएको छ । प्रशासनले बिहान ११ बजेदेखि

Read More

विद्यालय भवन लामो समयदेखि जिर्ण

तेह्रथुम । तेह्रथुमको साविक छातेढुङ्गा गाविस वार्ड नं –४ र हालको आठराई गाउँपालिका वार्ड नं ५ छातेढुङ्गामा वि.स.२०१६ सालमा स्थापना भएको पोखरी माविको ऐतिहासिक भवन जिर्ण भएको लामो समय भयो । ऐतिहासिक विद्यालय भवनको मर्मतसहार नहँुदा प्रयोगविहिन बन्दै गएपछि स्थानीय चिन्तित बनेका छन् । २०१८ सालमा पहिलोपटक एस एल सी परीक्षामा

Read More

छठ पर्वको तयारी सुरु

तिहार सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको चहलपहल सुरु भएको छ । जिल्लाका नगर क्षेत्र र साप्ताहिक हटियामा माटाका भाँडा, बाँसका कप्टेरा र चोयाले बनेका सामान तथा केराका घरी राखिएको छ । छठ पर्वमा दियो, दही जमाउने भाँडा, कलश, ढकना र तौलासहितका भाँडा माटोकै प्रयोग गर्ने परम्परा छ । त्यसैगरी बाँसको कप्टेरा

Read More

खोटाङको हलेसीमा बस दुर्घटना हुँदा १३ जना घाइते

खोटाङको हलेसी चुवाचुङ नगरपालिका वडानम्बर १० मा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम दिक्तेलबाट विराटनगर आउदै गरेको को १ ख ६३२० नम्बरको बस आजबिहान कामिडाँडामा दुर्घटना भएको हो । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलमा लगिएको प्रहरीले जनाएको छ

Read More

नेवार समूदायले किजा पूजा मनाउँदै

नेवार समूदायले यो वर्षको भाइटिका अर्थात किजा पूजा आज मनाउँदैछन् । अघिल्ला वर्षहरुमा भाइटिका र किजा पूजा एउटै दिनमा पर्ने भएपनि यो वर्षको तिथीको घटवढका कारण अन्य समुदायले भाइटिका हिजै मनाएपनि नेवार समूदायले किजा पूजा आज मनाउन लागेका हुन् । तिथीको घटबढका कारण केही नेवार समूदायले हिजो नै मनाएपनि अधिकांशले आज

Read More

आज भाइटीका

यमपञ्चक अर्थात् तिहारको पाँचौं तथा अन्तिम दिन आज भाइटीका । दिदीबहिनीले दाजुभाइलाई दीर्घायुको कामना गर्दै सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइ दिने चलन छ । यम द्वितीया समेत भनिने भाइटिकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ ।

Read More

ग्याँस पाईपलाईन परियोजना र पाईपलाईन बिस्तारको शुभारम्भ

बारा । मोतिहारी चितवन ग्याँस पाईपलाईन परियोजना र अमलेखगंज चितवन पाईपलाईन बिस्तारको आज एक समारोहका बीच शुभारम्भ भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले पाईपलाईन निर्माण स्थलमा संकेत पिल्लर गाडेर औपचारिक रुपमा कार्य प्रारम्भ गर्नुभएको हो । मोतिहारी चितवन ग्याँस पाईपलाईन सँगै अमलेखगंज चितवन पेट्रोलियम पाईपलाईनको पनि विस्तार

Read More

आज काग तिहार

नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिन आज सूचनाको संवाहक कागको पूजा गरिदैंछ । कार्तिक कृष्ण त्रयोदेशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन तिहार मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ । यमपञ्चकको पहिलो दिन यमराजको दूत मानिने काग मार्फत यमुनाले यमराज समक्ष भाइटीकाको निम्तो पठाएको धार्मिक

Read More

बारामा फौजी किराको आतंक

बारा । बारामा केही दिनदेखि फौजी किराले आतंक मच्चाएको छ । धानमा मात्रै नभएर मकै बालीसमेत नष्ट गरेपछि किसानहरु चिन्तित बनेका छन् । बारामा फौजी किराको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । धानसँगै मकैबाली नष्ट गरेपछि किसानहरु निराश बनेका छ । जिल्लाका जीतपुरसिमरा, रामनगर, कोल्वी, फेंटा, निजगढ, सिम्रौनगढलगायतका स्थानीय तहमा

Read More