Home > मुख्य समाचार (Page 57)

सरकारी अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको खुलासा

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारी अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा विरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा बिरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताउनुभएको हो । आस्थाको केन्द्र अस्पताल भए पनि आफै बिरामी भयो

Read More

सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट डिस्चार्ज

महिला अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट डिस्चार्ज भएका छन् । विराट नर्सिङहोममा एक महिना ६ दिन बसेका सिद्धबाबा आज डिस्चार्ज भएका हुन् । महिला अनुयायीले करणीको उजुरी गरेपछि सिद्धबाबा गत १४ मंसिरमा विराट नर्सिङहोममा भर्ना भएका थिए । प्रहरीले गिरीलाई १६ मंसिरमा विराट नर्सिङहोमको आइसियूबाट पक्राउ गरेको

Read More

पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जनही एक हजार जरिवाना तिरेर थुनामुक्त

काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालय काठमाडौमा जनही एक हजार जरिवाना तिरेर थुनामुक्त भएका छन । महानगरीय प्रहरी परिसर काठमाडौंले अभद्र व्यवहार गरेको कसुरमा उनीविरूद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिलमार्फत जिल्ला प्रशासन कार्यालयमा पेश गरेको थियो । सो कसुरमा प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जनहीँ एक

Read More

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुको मनोनयन दर्ता

माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् । दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बेदुराम भुषाल र गंगा बेल्बासे मनोनयन दर्ता गराउनुभएको छ । त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी

Read More

जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित

कुल आम्दानीको १० प्रतिशत रकम आमाबुवाको खातामा जम्मा गर्नुपर्ने प्रावधान हटाएर जेष्ठ नागरिक सम्बन्धि ऐन (पहिलो संशोधन) विधेयक २०७६ समितिबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समिति बैठकले उक्त विधेयक सर्वसम्मतिमा पारित गरेको हो । समिति सभापति निरुदेवी पालले लामो सयमसम्म छलफल गरेर विधेयक पारित गरिएको

Read More

सिद्धबाबा प्रकरण : उच्च अदालत विराटनगरले माग्यो कैफियत प्रतिवेदन

महिला अनुयायीमाथि बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले धरौटीमा छाड्ने आदेश दिएको चारदिनपछि उच्च अदालत विराटनगरले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ । आज उच्च अदालत विराटनगरका मुख्य न्यायधिस तिलप्रसाद श्रेष्ठको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको हो । गत मंसिर १६ गते पक्राउ परेका गिरीलाई

Read More

नेपाल सँधै शान्तिको पक्षमा : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल संधै शान्तिको पक्षमा रहेको बताउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय च्यान्टिङ सेरेमोनी अफ नेपाल’लाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाल संधै विश्वमा शान्ति कायम होस भन्ने पक्षमा रहेको बताउनुभएको हो । उहाँले चेन्टिङ सेरेमोनीले अन्तर्राष्ट्रिय एकवद्धता कायम गर्न र शान्ति स्थापना गर्न सहयोग

Read More

देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात

पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुँदैछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको छ

Read More

नेकपाले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगायो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आज बिहान बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सातै प्रदेशमा राष्ट्रियसभाका लागि उम्मेदवारहरुको नाम टुंगो लागेको बताउनुभयो । नेकपाले १६ जना उम्मेदवारको नाम सचिवालयले टुंगो लगाएको

Read More

२०७६/०७७ को ६ महिनामा सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सीमित हुने

आर्थिक वर्ष २०७६÷०७७ को ६ महिनामा सरकारको पूँजीगत खर्च १० प्रतिशतमा सीमित हुने देखिएको छ । बजेट खर्च बढाउन नयाँ आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अगावै बजेट ल्याई खर्चको अख्तियारी दिने व्यवस्था गरिए पनि काम गर्ने पुरानै प्रवृतिका कारण पूँजीगत खर्च बढ्न नसकेको हो । आर्थिक वर्ष २०७६÷०७७ को साढे

Read More