Home > मुख्य समाचार (Page 33)

विराटनगरका युवाहरुद्वारा महानगर क्षेत्रभित्र छाडा छाडिएका कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन

विराटनगर १८ असोज विराटनगरका युवाहरुले महानगर क्षेत्रभित्रका भुसिया कुकुरलाई रेविजविरुद्धको भ्याक्सिन लगाउने अभियान सञ्चालन गरिरहेका छन् । बिरामी परेका कुकुरको औषधोपचारसँगै खानेकुरासमेत उपलब्ध गराउँदै आएका छन् । महानगर क्षेत्रभित्र मानिसहरुको चाप बढ्दो छ । छाडा छाडिएका कुकुरलगायतका पशुहरु संख्यासमेत सडकमा प्रशस्त देख्न सकिन्छ । कुकुरहरुबाट रोग सर्ने भयावह पनि उत्तिकै रहेको छ

Read More

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने औषधिको उत्पादन अब नेपालमै गर्ने तयारी

सुनसरी १८ असोज समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । यसैलाई ध्यानमा राखेर सर्पदंशको उपचारका लागि आवश्यक पर्ने औषधिको उत्पादन अब नेपालमै हुने भएको छ ।  समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौंं मानिसले सर्पको

Read More

प्रदेश १ मा १९७ जनामा कोरोना संक्रमित थपिए

बिराटनगर १७ असोज प्रदेश १ गएको २४ घण्टामा १९७ जनामा कोरोना संक्रमण देखिएको छ । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १४६, सुनसरीमा २३, झापामा २१, तेर्हथुममा २ र प्रदेश १ बाहिर ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय २३

Read More

नेपालमा एकैदिन कोरोना संक्रमण र संक्रमणमुक्त हुनेको संख्या अहिलेसम्मकै उच्च

काठमाण्डौ १७ असोज नेपालमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ८२ हजार चार सय ५० पुगेको छ ।  गएको २४ घण्टामा २७ सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १४ हजार सात सय २२ जनाको नमुना परीक्षण गर्दा २७ सय २२ जनामा

Read More

अमेरिकाका राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण

एजेन्सी १७ असोज अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र प्रथम महिला मेलानियालाई कोरोना संक्रमण भएको छ । आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत दिनुभएको हो । ७४ वर्षीय ट्रम्प र ५० बर्षीया मेलानिया दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको राष्ट्रपति ट्रम्पका चिकित्सक सिन कोन्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख

Read More

सुनसरीको बर्जुमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई विधि प्रभावकारी बन्दै

सुनसरी १७ असोज सुनसरीको बर्जु गाउँपालिका–४ हसनपुरमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई प्रभावकारी देखिएको छ । यही थोपा सिंचाइबाट ठूलो क्षेत्रमा मेवा, कगती र सयपत्री फूलको खेती गरिरहेका छन् । व्यावसायिक खेतीमा पनि उत्पादनको गुणस्तर राम्रो बनाउनदेखि उत्पादन लागत घटाउन सिंचाइको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।  २५

Read More

मोरङको लोहन्द्रा खोलाले ४ पालिकाका विभिन्न वडामा तिब्र कटान गरेपछि खोला किनारका बासिन्दा विस्थापित

मोरङ १७ असोज केही दिन अगाडिको अविरल वर्षाका कारण मोरङको लोहन्द्रा खोलाले विभिन्न ४ पालिकाका विभिन्न वडामा तीव्र कटान गरेपछि खोला किनारका वासिन्दा विस्थापित भएका छन । कटान नियन्त्रण तथा तटबन्ध निर्माणका रोकारवालाको ध्यान पुग्न नसक्दा स्थानीय अझै जोखिम मोलेरै बसोबास गरिरहेका छन । अविरल वर्षाका कारण लोहन्द्रा खोलाले मोरङको कटहरी

Read More

सरकारी बेवास्ताका कारण विराटनगरको चक्रपथ निर्माण कार्य अलपत्र

विराटनगर १६ असोज विराटनगरमा चक्रपथ निर्माण सुरू भएको दुई दशक बितिसक्यो । तर, अझैसम्म निर्माण सम्पन्न भएको छैन । विराटनगर आसपासका गाउँपालिकाहरूलाई समेत समेट्ने गरी सहर विस्तार गर्ने उद्देश्यले सार्वजनिक निजी साझेदारी अवधारणाअनुरुप निर्माण सुरू गरिएको भए पनि सरकारी वेवास्ताले चक्रपथ अलपत्र परेको छ ।  हरेक वर्ष बजेट भाषणमा सरकारका अर्थमन्त्रीहरूले

Read More

कोरोना महामारीको बेला पनि विराटनगरका केही सामुदायिक विद्यालयहरूद्धारा पठनपाठनलाई निरन्तरता

विराटनगर १६ असोज कोरोना महामारी र महामारी नियन्त्रणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञामा पनि विराटनगरका सामुदायिक विद्यालयहरूले पठनपाठनलाई निरन्तरता दिइरहेका छन् । प्रविधिको प्रयोग गरेर पठनपाठन सञ्चालन गरिरहेको विराटनगरका सामुदायिक विद्यालयहरूले जनाएका छन् । कोरोना महामारीका समयमा पनि विराटनगरका केहि सामुदायिक विद्यालयहरूले पठनपाठनलाई निरन्तरता दिएका छन् । विराटनगर स्थित पोखरीया मावि,

Read More

प्रदेश नं. १ मा १८२ जना कोरोना संक्रमित थपिए

बिराटनगर पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा १८२ कोरोना संक्रमित थपिएका छन् ।  मोरङमा ९८, सुनसरीमा ६८, झापामा ७, ताप्लेजुङ र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ७ जनामा कोरोना देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा ६८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये २६ महिला

Read More