Home > मुख्य समाचार (Page 27)

प्रदेश १ को सरकारले मध्यावधी उपलब्धी सार्वजनिक

बिराटनगर २९ असोज प्रदेश १ को सरकारले मध्यावधी उपलब्धी सार्वजनिक गरेको छ । हिजो विराटनगमा एक कार्यक्रमको आयोजना गरी सरकार गठन भएको अढाइ बर्षमा प्रदेश सरकारले गरेका काम तथा प्राप्त भएका उपलब्धि सार्वजनिक गरेको हो । कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको आकर्षणको केन्द्र विन्दुका रुपमा प्रदेश सरकार स्थापित

Read More

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन,अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

काठमाण्डौ २९ असोज प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठन गर्नुभएको छ । ओलीले मन्त्रिपरिषद्को पुनर्गठन गरेर केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्नुभएको छ । उहाँले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिनुभएको छ । पुनर्गठित मन्त्रिमण्डलमा अर्थ मन्त्रालयको जिम्मा विष्णु पौडेललाई दिइएको छ । यसैगरी महिला

Read More

नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने

काठमाण्डौ २७ असोज नेपाल राष्ट्र बैंकले यसपालिको दशैंमा नयाँ नोट सटही नगर्ने भएको छ ।  कोभिड–१९ संक्रमणको जोखिमका कारण दशैं लक्षित नयाँ नोट सटही नगर्ने निर्णय भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले दशैंमा नयाँ नोट सटहीको व्यवस्था गर्दा लामो लाइन बस्ने र भिड हुन

Read More

नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको स्वास्थ्य विज्ञहरुको दाबी

काठमाण्डौ २७ असोज नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिन यता संक्रमणको दर पनि उच्च रहेको र पूर्ण रुपमा समुदायमा प्रभाव परिसकेकाले अहिलेको संक्रमणको स्थितिलाई चौथो चरणमा प्रवेश गरेको रुपमा लिनुपर्ने डा. मरासिनीले बताउनुभयो । हिजो हाम्रा संवादातासँग कुराकानी गर्दै भाइरोलोजिष्ट डा.

Read More

काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने सरकारको निर्णय

काठमाण्डौ २७ असोज सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ । तत्कालिन अवस्थामा आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिकबाहेकका अपरेशन नगर्दा

Read More

प्रदेश–१ मा हिजो ४५२ जना कोरोना संक्रमित थपिए

बिराटनगर २७ असोज प्रदेश–१ मा हिजो ४५२ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण

Read More

नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु

काठमाण्डौ २७ असोज नेपालमा कोरोना भाइरस कोभिड—१९ बाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो २ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ सय ४५ पुगेको छ । हिजो नेपालमा थप ४

Read More

यसवर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्रीलाई प्रदान गरिने

एजेन्सी २७ असोज यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी नागरिकलाई प्रदान गरिएको छ । द स्विडिस एकेडेमी अफ साइन्सले घोषणा गरेअनुसार यस वर्षको नोबेल पुरस्कार पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनलाई प्रदान गरिने भएको हो । उनीहरुलाई लिलामी सिद्धान्तमा सुधार तथा नयाँ लिलामी प्रारुपको आविष्कार गरेकाले सम्मानस्वरुप यो

Read More

चाडपर्वमा कोरोना भाइरसको संक्रमण उच्च हुने आँकलन

विराटनगर २७ असोज नेपालीहरुको महान पर्व दसैं, तिहार, छठलगायतका पर्वहरुमा प्रदेश–१ मा कोरोना भाइरसको प्रकोप उच्च हुने अनुमान गरिएको छ । पछिल्लो सयम हटस्पटका रुपमा देखिएको काठमाडौंसँगको सम्बन्धका कारण प्रदेशमा संक्रमण उच्च हुने आँकलन गरिएको हो । नजिकिँदो चाडपर्वका कारण संक्रमणको जोखिम बढ्ने भएपछि प्रदेश राजनीतिक नेतृत्वका लागि टाउको दुखाइको विषय

Read More

दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारमा उपभोक्ताको चहलपहल बढ्यो

विराटनगर २७ असोज दशैं नजिकिएसँगै शहरी क्षेत्रका बजारहरुमा चहलपहल बढेको छ । यसपटक नेपाल–भारतको सीमा बन्द रहेका कारण स्थानीय बजारहरुमा उपभोक्ताको भीडभाड बढेको हो । हिन्दु धर्मावलम्बीहरुको मुख्य चाड नजिकिएसँगै स्थानीय बजारहरुमा खाद्यान्न तथा लत्ताकपडा किनमेल गर्ने उपभोक्ताको भीड बढेको छ । यतिखेर बिहानदेखि बेलुकासम्म नै प्रदेश एकको राजधानी विराटनगरका पसलहरुमा

Read More