Home > मुख्य समाचार (Page 26)

नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको आज घटस्थापना, घर तथा मन्दिरहरुमा फूलपाती भित्र्याइँदै

बिराटनगर १ कार्तिक कोरोनाको कहरका बीच नेपालीहरुको महान चाड बडादसैं अर्थात नवरात्रको आज घटस्थापना, घर तथा मन्दिरहरुमा फूलपाती भित्र्याइँदैछ । बडादशैँको पहिलो दिन आज घटस्थापना गरिदैछ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा

Read More

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण

काठमाण्डौ ३० असोज नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।  हिजो शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो । मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । पदभार ग्रहण

Read More

सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने नवनियुक्त सञ्चार मन्त्री पार्वत गुरुङको प्रतिबद्धता

काठमाण्डौ ३० असोज नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट संप्रेषण गर्ने व्यवस्था मिलाउने बताउनुभएको छ । हिजो मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले कुनैपनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताउनुभएको हो । कुनै पनि मन्त्रालयमा गलत कुराहरु

Read More

परिणाम देखिने गरी काम गर्ने नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठको प्रतिवद्धता

काठमाण्डौ ३० असोज नवनियुक्त सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले परिणाम देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । मन्त्रालयको पदभार ग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री श्रेष्ठले ठोस परिणाम देखिने गरी आफुले काम गर्ने प्रतिबद्धता जनाउनुभएको हो । मन्त्रालयमा लामो समयदेखि जिम्मेवारीमा रहनुभएका राज्यमन्त्री रामवीर मानन्धरसँग मिलेर परिणाम देखिने गरी कार्यसम्पादन गर्ने उहाँले बताउनुभयो

Read More

नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार बढी

काठमाण्डौ ३० असोज नेपालमा कोरोना भाइरस (कोभिड —१९) का सक्रिय संक्रमितको संख्या साढे ३६ हजार नाघेको छ ।  हिजो ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ पुगेको हो । हिजो १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६

Read More

मकालु टेलिभिजनले समाचार प्रशारण गरेपछि विराटनगर अस्पतालमा राखिएको बालकको शव परिवारको जिम्मा

बिराटनगर ३० असोज उपचार खर्च तिर्न नसकेका कारण ३ दिनसम्म विराट अस्पतालबाट शव बुझ्न नपाएका पीडित पक्षले मृतक २ बर्षिय बालकको शव बुझेर लगेका छन । सिराहको मानपुर घर भएका २ वर्षिय बालक सिद्धार्थ सदाका आफ्न्तले बुधबार राति शव बुझेर अन्तिम संस्कार गर्न घरतर्फ लिएर गएका हुन । उपचारको क्रममा बालक सिद्धार्थको

Read More

दुहबीस्थित बाल सेवा केन्द्रका बालबालिकाहरुलाई लायन्स क्लबद्वारा कपडा र खाद्य सामग्री हस्तान्तरण

सुनसरी ३० असोज चाड पर्वका बेला जोकोहीलाई पनि मिठो–मसिनो खाने र नयाँ लुगा लगाउने रहर हुन्छ । अझ चाडपर्व आउँदा बालबालिका खुसी हुन्छन् । दसैं–तिहारमा नयाँ लुगा लगाएर साथीसंगी भेला भएर हिंड्दा बालबालिकामा अर्कै उत्साह र उमंग देखिन्छ । तर, यही समाजका धेरै बालबालिकाहरु यस्ता खुसी र अवसरबाट वञ्चित छन् ।

Read More

उपचारमा लागेको खर्च तिर्न नसक्दा सिरहाका एक बालकको शव तीन दिनदेखि विराट नर्सिङ होममा

विराटनगर २९ असोज अस्पतालमा लागेको उपचार खर्च तिर्न नसकेका कारण सिरहाका एक विपन्न परिवार मृत्यु भएका आफ्ना दुई वर्षे छोराको शव अस्पतालमै छाडेर जाने बाध्यतामा पुगेका छन् । अस्पतालले तोकिदिएको न्यूनतम शुल्कसमेत तिर्न नसकेका कारण उनीहरु अस्पतालमै शव छाडेर जाने निष्कर्षमा पुगेका हुन् । विराटनगरस्थित विराट अस्पतालमा मृत्यु भएका सिराहको मानपुर

Read More

कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाण्डौ २९ असोज कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७५ पुगेको छ । हिजो थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण

Read More

हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस माग

काठमाण्डौ २९ असोज प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएकाले कांग्रेसले बताएको छ । चीनको तर्फबाट सीमाना मिचिएको खवर बाहिर आएपछि

Read More