Home > मुख्य समाचार (Page 23)

चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिनउखु किसानहरुको सरकारसँग आग्रह

काठमाण्डौ २३ कात्तिक उखु किसानहरुले चिनि मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाई दिन सरकारसँग आग्रह गरेका छन् । आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उखु किसानहरुले वर्षौं देखि नपाएको बक्यौता रकम पाउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक

Read More

अमेरिकी राष्ट्रपति पदको निर्वाचनमा जो बाइडेन विजयी

एजेन्सी २३ कात्तिक संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावमा जो बाइडेन विजयी हुनुभएको छ । योसँगै डेमोक्रेटिक पार्टीका जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । जो बाइडेनले आफ्ना निकटतम प्रतिद्वन्द्वी तथा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई ५९ इलेक्टोरल मतले पछि पार्दै राष्ट्रपतीय चुनावमा आफ्नो जित पक्का गर्नुभएको हो । योसँगै

Read More

कोरानाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न(सीसीएमसी) सिफारिस

काठमाण्डौ २३ कात्तिक कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका

Read More

प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिए

बिराटनगर २३ कात्तिक प्रदेश–१ मा आज २१९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०३, सुनसरीमा ४८, झापामा ३३, तेर्हथुममा ८, उदयपुरमा ६, इलाम र संखुवासभामा २–२, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ४८, सुन्दरहरैचामा १५, पथरीशनिश्चरेमा ८,

Read More

नेपालमा पछिल्लो २४ घण्टामा २हजार ८ सय १७ जना कोरोना संक्रमित थपिए

काठमाण्डौ २३ कात्तिक नेपालमा पछिल्लो २४ घण्टामा २८१७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । २४ घण्टामा १२,३११ जनाको पीसीआर परीक्षण गरिएको छ । काठमाडौं उपत्यकामा १५ सय ३३ जना कोरोना संक्रमित थपिएका

Read More

घरघरमा जडित धारमा पानी झर्न थाले पछि इलाम सोयाकका स्थानिय हर्षित

इलाम २२ कात्तिक बर्षौँदेखी पानी बोकेर खाने इलाम सोयाकका स्थानिय घरघरमा जडित धारमा पानी झर्न थालेपछि खुसी भएका छन् । नेपाल सरकारको विशेष अनुदानमा इलाम नगरपालिकाले वडा नम्बर ११ सोयाकमा डिप बोरिङ प्रणालीमार्फत घरघरमा पानी पुर्याएपछि स्थानीय खुसी भएका हुन् ।  नगरपालिकाले सोयाक खानेपानी आयोजना खण्ड १, २ र ३ सञ्चालन

Read More

संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न पूर्वसभामुखहरुको आग्रह

काठमाण्डौ २२ कात्तिक पूर्वसभामुखहरुले संघीय संसदको हिउँदे अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग आग्रह गरेका छन् । संक्रमणकालिन अवस्थामा जनताको समस्या सम्बोधन गर्न र सरकारलाई सही बाटोमा डोहोर्याउन पनि संसदको आवश्यकता रहने भएकाले अधिवेशन तत्काल आह्वान गर्न पूर्व सभामुखहरुले आग्रह गरेका हुन् । संसदको आवश्यकता लोकतन्त्रमा महत्वपूर्ण रहेको भन्दै तत्काल अधिवेशन आह्वान गर्नुपर्ने

Read More

अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र 

काठमाण्डौ २२ कात्तिक सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसहितका शीर्ष नेताले प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक बोलाउन माग गर्दै लिखित पत्र बुझाएका छन् । दुई पृष्ठ लामो लिखित पत्रमा सकेसम्म चाँडो पार्टी कमिटीका बैठक बोलाउन माग गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले जानकारी दिनुभयो । थापाका अनुसार

Read More

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ साल ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ २२ कात्तिक नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ साल ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ रहेको छ । यसअघि शुक्रबारको तथ्यांकअनुसार

Read More

प्रदेश १ मा हिजो ६३७ जना कोरोना संक्रमित थपिए

बिराटनगर ७ कात्तिक प्रदेश १ मा हिजो ६३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९९, सुनसरीमा १८०, झापामा ११०, उदयपुरमा १३, इलाममा ८, ताप्लेजुङमा ६, संखुवासभामा ३, खोटाङ र धनकुटामा १–१ र प्रदेश १ बाहिरका १६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा २१४ जनामा संक्रमण देखिएको

Read More