Home > मुख्य समाचार (Page 17)

बथनाह विराटनगर मालवाहक रेल परीक्षण सम्पन्न, छिट्टै संचालन हुने

विराटनगर, १२ जेठ । भारतको बथनाहा–विराटनगर मालवाहक रेल सेवा छिट्टै संचालन हुने भएको छ । केहि साताभित्रै कार्गो रेल संचालन हुने भएपछि रेलको लिक र स्टेशन लगायतको अवस्थाका बिषयमा परीक्षण गर्दै विराटनगर बथनाहा मालवाहक रेल सेवा संचालनको तयारी तीव्र पारिएको छ । आउँदो केहि साताभित्रै रेल संचालन गर्नेगरि रेलमार्ग र

Read More

भ्रष्टाचारको आरोप लगाएको विषयमा सरकारसँग स्पष्ट जवाफको माग

काठमाडौं १२ जेठ । नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसदबाट भ्रष्टचारी करार गरिएको भन्दै यस सम्बन्धमा सरकारको जवाफको माग गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा शुरुमै बोल्दै प्रमुख सचेतक गिरीले गत जेठ १० गतेको संसद बैठकमा नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले केपी

Read More

एमालेको अवरोधका कारण संसद स्थगित

काठमाडौं, १२ जेठ । नेकपा एमालेका सांसदहरुको अवरोधको कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेका सासदहरुले वेल घेराउ गरेपछि प्रतिनिधिसभा बैठक २० मिनेटका लागि सभामुख देवराज घिमिरेले स्थगित गर्नु भएको हो । २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरी सुरु हुन सकेको छैन् । बैठकमा उठेर विरोध

Read More

६१ लाख बढीको चोरीको गरगहनासहित तीन जना पक्राउ

विराटनगर, ११ जेठ । मोरङ प्रहरीले विराटनगरबाट ३६ केजी चाँदी र २० तोला सुनका गरगहनासहित तीन जनालाई पक्राउ गरेको छ । विराटनगरका विभिन्न ठाउँबाट चोरी गरिएको ३६ केजी चाँदी र आठ ग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा विराटनगर–१२ का २१ वर्षीय राजकुमार कामत, १९ वर्षीय विवेक

Read More

जहदा निर्माण सम्पन्न नहुँदै भत्कियो सडकको कालेपत्रे

विराटनगर, ११ जेठ । विकास निर्माणमा कतिसम्म लापरबाही हुन्छ भन्ने उदाहरण हेर्न टाढा जानु पर्दैन । मोरङको जहदा गाउँपालिका–७ स्थित महादेवकोलमा निर्माण गरिएको सडकलाई हेर्दा पुग्छ । सडक कालोपत्रे गरेको एक हप्ता नबित्दै भत्किएको छ । गाउँपालिकाको योजनामा निर्माण गरिएको कालोपत्रे उक्किएपछि गिट्टी छरपस्ट भएको छ । जहदा गाउँपालिका–७ स्थित

Read More

जीप दुर्घटनामा पाँच जनाको मृत्यु

रुकुम पश्चिम, ११ जेठ । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ दुलीमा भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् । सानीभेरी गाउँपालिका–५ हाँसुबाट खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बर जीप दुलीको मोचेखोलामा आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा परि चार जनाको घटनास्थलमै मृत्यु

Read More

आगोपीडित बिरामीलाई पनि क्यान्सर रोग सरह आर्थिक सहयोग गर्न सांसद भण्डारीको माग

काठमाडौं, १० जेठ । नेपाली काँग्रेसका सांसद डा. चन्द्र भण्डारीले जलनका बिरामीहरुलाई पनि क्यान्सर रोग सरह नै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्नु भएको छ ।खाना पकाउने ग्याँसको लिक भई जलनबाट पीडित भएपछि पहिलो पटक बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उहाँले सो माग राख्नु भएको हो । गरिव

Read More

आर्थिक मन्दी र खुला नाकाले विराटनगरका व्यापारी विस्थापित हुँदै

विराटनगर, ८ जेठ । विराटनगरमा पछिल्लो समय सटर खाली हुने क्रम बढदै गएको छ । खुला नाका, आर्थिक मन्दी, चर्को बैंक ब्याजका कारण विराटनगरमा व्यवसायिक सटहहरु खाली हुन थालेका हुन् । व्यवसाय ठप्प हुदाँ कतिपय व्यबसायीले सटरमात्र छाडेका छैनन्, व्यवसायबाट नै पलायन भएका छन् । केही महिना अघि सम्म सञ्चालनमा

Read More

आफ्नै खर्च धान्न नसक्ने अवस्था पुग्दा पनि सरकार बेखबर छ : अध्यक्ष ओली

काठमाडौं, ९ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफ्नै खर्च धान्न नसक्ने अवस्थामा पुग्दा पनि बेखबर रहेको टिप्पणी गर्नु भएको छ । अध्यक्ष ओलीले अहिलेको सरकारको कुरा गरेर आफूले समय खर्च गर्न नचाहेको पनि बताउनु भयो । मंगलबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा

Read More

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित

काठमाडौंं, ९ जेठ । राष्ट्रिय सभाको बैठकले सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । मंगलबार बसेको राष्ट्रिय सभाको बैठकबाट सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम

Read More