Home > मुख्य समाचार (Page 133)

पूर्वमा प्याराग्लाइडिङको सम्भावना प्रचुर

धरान, ५ पुष । प्याराग्लाइडिङ उडानका लागि हवाई खेलमैदान (एयर स्पेश) का लागि सरकारले स्वीकृति दिएपछि पूर्वमा साहसिक खेल पर्यटन प्रवद्र्धनको सम्भावना अझै बढ्दै गएको छ । जसले गर्दा प्रदेश नम्बर १ को पर्यटन विकासमा टेवा पुग्ने भएको छ । खेलकुद मन्त्रालय र नागरिक उड्यान प्राधिकरणले धरानसहित मोरङको उत्तरी पहाडी क्षेत्रलाई

Read More

निर्मला पन्तको हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा

५, पुष । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणमा १८ जना प्रहरी कारबाहीमा पर्ने भएका छन । निर्मला प्रकरणको अनुसन्धानमा भएको लापरबाहीको छानबिन गर्न गत भदौ ३१ गते एआइजी धीरु बस्न्यातको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले १८ जना प्रहरीमाथि विभागीय कारबाहीको सिफारिस गरेको हो । बस्न्यात नेतृत्वको समितिले निर्मला प्रकरणको

Read More

विराट ट्रेड एक्स्पोको तयारी पूरा, यस्ता छन् मेलाका आकर्षण

विराटनगर, ५ पुष । प्रदेश एककै सबभन्दा ठूलो ब्यापार मेला विराट ट्रेड एक्स्पो भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजना गर्दै मेलाको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । विराटनगर २ शंकरपुरको खाली मैदानमा आयोजना गरिने मेलाका लागि आवश्यक स्टल र अन्य सम्पूर्ण तयारी पूरा भइसकेको

Read More

पूर्वगर्भनर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौ, ५ पुष । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर डा. तिलकबहादुर रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । बिहीबार अख्तियारले विशेष अदालतमा रावलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो । रावल पाँच वर्षसम्म नेपाल राष्ट्र बैंकको गभर्नर बन्नुभएको थियो । सोही अवधिमा राष्ट्र बैंकबाट अष्ट्रेलियामा १०

Read More

तेह्रथुममा शव बाहन नहुँदा समस्या

तेह्रथुम, ५ पुष । तेह्रथुम जिल्लामा शब बाहन नहुँदा नागरिकलाई सास्ती हुने गरेको छ । जिल्ला अस्पतालमा मात्र हैन जिल्ला बाहिर उपचारका लागि लगिएका आफन्तहरुको मृत्यु हुँदा निजी सवारी साधनले समेत शब बोक्न नमान्दा जिल्लावासीले सास्ती व्यहोर्नुपर्ने बाध्यता छ । शव वाहन नहँुदा स्थानीयवासीले शवलाई डोको, बोरा र सडक पुगेको ठाउँमा

Read More

विराट एक्स्पो ब्यापार मेलाको तयारी अन्तिम चरणमा

विराटनगर, ४ पुष । विराटनगरमा आयोजना हुने विराट ट्रेड एक्सपो २०१८ तथा अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालभारत सहित तेश्रो मुलुकका स्टल समेत रहने छन । मोरङ ब्यापार संघको अगुवाईमा यहि पुस ६ गतेदेखि १४ गते ९ दिनसम्म विराटनगरमा आयोजना हुने विराट एक्सपो ब्यापार मेलाको तयारी

Read More

निःशुल्क औषधि उपलब्ध गराउन हेमोफिलियाका बिरामीको माग

विराटनगर, ४ पुष । हेमोफिलिया पीडितहरुका लागि आवश्यक औषधि समयमा उपलब्ध हुन नसक्दा सो रोगबाट ग्रसित व्यक्तिहरुले सास्ती झेल्नु परेको छ । उनीहरुले सर्वसुलभ र निःशुल्क औषधि उपलब्ध गराउन सरकारसमक्ष माग गरेका छन् । आन्तरिक र बाह्य रक्तश्रावको समस्या भइरहने हेमोफिलिया एकप्रकारको बंशानुगत रोग हो । रगतमा विशेष प्रकारको प्रोटिन फ्याक्टरको

Read More

काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ

काठमाडौ, ४ पुष । प्रहरीले काठमाडौंबाट ७७ जना पाकेटमारा पक्राउ गरेको छ । काठमाडौंको सवारी साधनहरु सर्च गर्ने क्रममा ७७ जना पाकेटमारा पक्राउ गरी महानगरीय प्रहरी परिसर, काठमाडौंले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । सादा पोशाकमा खटिएका प्रहरीहरुले विभिन्न सवारी साधनमा सर्च गर्ने क्रममा ७७ जना पाकेटमारालाई पक्राउ गरेको

Read More

काम छाडेर कर्मचारी मन्त्रालयमा धर्ना दिँदै

काठमाडौ, ४ पुष । कर्मचारी समायोजन अध्यादेश–२०७५ प्रति असहमति जनाउँदै असन्तुष्ट निजामती कर्मचारीहरुले पनि आन्दोलन सुरु गरेका छन । निजामती कर्मचारीहरुको एक समूहले कर्मचारी समायोजन अध्यादेशप्रति असहमति जनाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा धर्ना दिएका हुन । त्यस अवसरमा उनीहरुले कर्मचारी समायोजन अध्यादेशले आफूहरुलाई चरम विभेद गरेको उल्लेखले तत्काल सच्याउन

Read More

पार्टी नेतृत्वको कार्यशैलीप्रति नेताहरु असन्तुष्ट

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आजको स्थायी समिति बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ । पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमा झैं आज बुधबार पनि नेताहरुले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका हुन

Read More