Home > मुख्य समाचार (Page 13)

नक्शाको विषयमा भारतलाई कुटनीतिक नोट पठाउन महासंघको माग

काठमाडौं, २८ जेठ ।  पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्शा राखेको सम्बन्धमा कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको छ । भारत सरकारले नयाँ संसद भवनमा नेपालको भूमि समेटिएको नक्शा राखेकोप्रति आपत्ति जनाउँदै कुटनीतिक नोट पठाइ ध्यानाकर्षण गराउन सरकारसमक्ष आग्रह गरेको हो । साथै महासंघले विगतमा भएका असमान

Read More

राप्रपाले माग्यो प्रधानमन्त्री दाहालको राजीनामा

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ । आज बसेको प्रतिनिधि सभाको बैठमा समय माग गरी बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गर्नुभएको हो । उहाँले प्रधानमन्त्री दाहालको बिरुद्धमा सर्वोच्च अदालतमा युद्ध अपराधको मुद्दा दर्ता भएको र सर्वोच्च अदालतले जेठ ३० गते

Read More

प्रधानमन्त्रीले भारत भ्रमणमा देशहितको विषयमा बोल्न नसकेको ओलीको आरोप

काठमाडौं, २७ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको क्रममा देशहितको पक्षमा चुईक्क पनि बोल्न नसकेको बताउनु भएको छ । मित्र राष्ट्र भारतसँग आफ्नो देशको पिरमर्का समेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप थियो । आज काठमाडौंमा आयोजित पार्टी निकट नेपाल निजामती

Read More

प्रधानमन्त्री दाहालले नदीनाला भारतलाई बेचेको राप्रपा अध्यक्ष लिङदेनको आरोप

काठमाडौं, २७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालले देशका नदीनालाहरु भारतलाई सुम्पिएको आरोप लगाउनु भएको छ । अध्यक्ष लिङदेनले प्रधानमन्त्री दाहालको भारत भ्रमणप्रति संकेत गर्दै भारतको नयाँ संसदमा नेपालको भूमि सामेल गरिएको नक्शा राख्दा पनि किन त्यसो गरिएको भनेर प्रधानमन्त्री दाहालले प्रश्न गर्न नसकेको

Read More

एमाले माथि सांघातिक हमला हुँदा पनि सरकार मुकदर्शक बनेको योगेश भट्टराईको आरोप

काठमाडौं, २६ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले कोशी प्रदेशमा आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुमाथि सांघातिक हमलाको निरन्तर प्रयास भईरहँदा पनि सरकार मुकदर्शक बनिरहेको आरोप लगाएको छ । शुक्रबार प्रतिनिधिसभा बैठकको सुरुमै बोल्दै एमाले सचिव योगेशकुमार भट्टराईले सत्तापक्षकै कार्यकताहरुले बिहीबार (हिजो) पनि कोशी प्रदेशका एमालेका संसदीय दलका

Read More

‘समाजमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको छ’- अध्यक्ष नेपाल

काठमाडौं, २६ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गर्नुभएको छ । हिजो काठमाडौंमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताउनु भयो

Read More

निल गाई नियन्त्रण गर्न सांसद साहको माग

काठमाडौं, २५ जेठ । प्रतिनिधि सभा सदस्य डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले

Read More

‘नेपालले पनि ग्रेटर नेपालको नक्शा बनाउँछ’- महामन्त्री थापा

विराटनगर, २५ जेठ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भारतले नेपाली भूमि फिर्ता गर्नु पर्ने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै भारतले नेपाललाई फिर्ता गर्नु पर्ने बताउनुभयो ।  ‘लिम्पियाधुरा लिपुलेकमाथि नेपालको हक अधिकार कसैले खोसेर लैजान सक्दैन’, महामन्त्री थापाले

Read More

अनिश्चितकालका लागि कोशी प्रदेश सभा स्थगित

विराटनगर, २३ जेठ । बजेटको मुखमा अनिश्चितकालका लागि कोशी प्रदेशसभा बैठक स्थगित भएको छ । आजको प्रदेशसभा वैठकमा सभामुख बाबुराम गौतमले प्रदेशसभा बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थिगित भएको जानकारी दिनुभयो । बजेट आउने समय नजिकिंदै गर्दा कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएपछि समयमै बजेट आउने वा नआउने

Read More

संसदमा सांसदहरुको प्रश्न- ‘बजेट बनाउन अनाधिकृत व्यक्ति कसरी प्रवेश गरे ?’

काठमाडौं, २३ जेठ । प्रतिनिधि सभा बैठकमा गत जेठ १४ गते बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्रीको जवाफ माग गरिएको छ । आजको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सत्तारुढ र विपक्षी दलका सांसदहरुले बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिको प्रवेशको सम्बन्धमा प्रश्न उठाएका हुन् । बैठकमा

Read More