नेपालले माल्दिभ्सलाई हरायो
नेपाल अपराजित रहदै बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । ढाकामा आज भएको लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–० को सेटमा पराजित गर्दै नेपाल शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । अब नेपालले उपाधिका लागि माल्दिभ्ससँग नै खेल्नेछ ।
Read More