Home > आर्थिक समाचार (Page 17)

चितवनमा तोरी खेती तर्फको आकर्षण बढ्दो

चितवन, ७ पुष । तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । तर पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।

Read More

इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी

काठमाडौ, ६ पुष । अर्थमन्त्री डा. युवराज खतिवडाले इजाजतविना नै भुक्तानीसम्बन्धि कारोबार गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिनुभएको छ । अर्थमन्त्री खतिवडाले अनलाईन सेवाबाट भुक्तानी गर्न नेपाल राष्ट्र बैंकको नियमनकारी निकायमा आवद्ध हुन पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा ‘भुक्तानी तथा फस्र्यौट सम्बन्धमा व्यवस्था

Read More

विराट एक्स्पो ब्यापार मेलाको तयारी अन्तिम चरणमा

विराटनगर, ४ पुष । विराटनगरमा आयोजना हुने विराट ट्रेड एक्सपो २०१८ तथा अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालभारत सहित तेश्रो मुलुकका स्टल समेत रहने छन । मोरङ ब्यापार संघको अगुवाईमा यहि पुस ६ गतेदेखि १४ गते ९ दिनसम्म विराटनगरमा आयोजना हुने विराट एक्सपो ब्यापार मेलाको तयारी

Read More

सेयर लगानीकर्ताद्वारा आमरण अनसन सुरु

काठमाडौ, २ पुस । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन् । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आजबाट सेयर लगानीकर्ता दवाव समूहको

Read More

नेपालले अझै आयातमा नै जोड दिदै

काठमाडौ, २८ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो उत्पादनले मात्रै धान्ने अवस्था नरहेकाले नेपालले आयातमा अझै जोड दिनु परेको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले पूँजी निर्माणका लागि आयात गर्नुपर्ने भएकाले नेपाल जस्तो देशमा भइरहेको व्यापार घाटालाई नकारात्मक रुपमा नलिन पनि अन्तराष्ट्रिय दातृ निकायहरुलाई आग्रह गर्नु भयो । उहाँले

Read More

कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन

काठमाडौ, २५ मंसिर । काठमाडौंको त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा पनि ईपेमेन्ट सेवा संचालन गरिएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्ना सेवाग्राहीलाई सहज ढंगले सेवा उपलब्ध गराउने अभियान अन्तरगत आजबाट ईपेमेन्ट सेवा संचालनमा ल्याएको हो । सो सेवाको शुभारम्भ गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ईपेमेन्टले सेवाग्राहीलाई मात्रै सहज नबनाई कम्पनी

Read More

नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्टोक्ति

काठमाडौ, २१ मंसिर । सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको स्पष्ट पारेको छ । राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको प्रष्टयाउनु भएको हो । आज संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा

Read More

सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने

काठमाडौ, १८ मंसिर । सरकारले कर्मचारीहरुका लागि ‘योगदानमा आधारित निवृत्तिभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिनु भएको हो । आज संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उहाँले वित्तिय प्रणालीलाई

Read More

सेयर लगानीकर्ताहरुद्वारा नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ

अनलाईन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै सेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन । सेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कार्तिक २० गतेबाट सुरु गरिएको अनलाईन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन । आफ्नो सम्पत्तिको

Read More

एडीबीको नेपाललाई १५० मिलियन अमेरिकी डलर ऋण सहायता

एसियाली विकास बंैक (एडीबी)ले नेपालको दुई वटा परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभबीच आज अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच ऋण सहयोगमा हस्ताक्षर भएको हो । नेपालको ग्रामिण खानेपानी तथा सरसफाई

Read More