Home > अन्तराष्ट्रिय समाचार (Page 12)

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको निधन भएको छ । उहाँको ९४ वर्षको उमेरमा निधन भएको हो । उहाँ सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति रहनु भएको थियो । उहाँ अमेरिकाका ४१ औँ राष्ट्रपति हुनुहुन्थ्यो । त्यसअघि उहाँले ८ वर्षसम्म उपराष्ट्रपतिको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । तत्कालीन सोभियत

Read More

अमेरिकामा ७ म्याग्निच्यूडको भूकम्प, भूकम्पसँगै सुनामीको खतरा

अमेरिकाको अलास्कामा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार अलास्का राज्यको सबैभन्दा ठूलो शहर एकोंरेजको ११ किलोमिटर उत्तरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । भूकम्पपछि थुप्रै पराकम्पनहरु गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । भूकम्पबाट ठूलो भौतिक क्षति भए पनि मानवीय क्षति भने भएको खबर अहिलेसम्म आएको

Read More

रुसद्धारा युक्रेनको जहाज नियन्त्रणमा, दुई देशबीच थप तनाब बढ्यो

रुसले क्रिमियाई प्रायद्वीपको नजिक युक्रेनको तीनवटा नौ सैनिक जहाजमा हमला गरेर आफ्नो कब्जामा लिएको छ । यो घटनाले रुस र युक्रेनबीच थप तनाब बढेको छ । दुबै देशले यस घटनाका लागि एक–अर्कालाई जिम्मेदार भएको आरोप लगाएका छन् । रुसले युक्रेनको जहाज आफ्नो जलसीमा आजोव सागरमा गैरकानुनी ढंगले छिरेको दाबी गरेपछि

Read More

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्धमा फ्रान्समा प्रदर्शन उग्र

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको प्रदर्शनलाई लज्जास्पदको संज्ञा दिनुभएको छ । मूल्यवृद्धिको विरोधमा प्रदर्शनमा उत्रनुपर्ने कुनै आवश्यकता नरहेको भन्दै राष्ट्रपति म्याक्रोनले प्रदर्शनकारीहरुलाई संयमता अपनाउन आग्रह गर्नुभयो । उहाँले पेट्रोलियम पदार्थमा थप कर वृद्धि आवश्यक रहेको जिकीरसमेत गर्नुभयो । यसैबीच फ्रान्सको पेरिसमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध भएको

Read More

दुर्घटनामा परि भारतको कर्नाटकमा १५ भन्दा बढिको मृत्यु

एजेन्सी । भारतको कर्नाटकमा भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ । यात्रुवहाक बस दुर्घटनामा परी अन्य कैयौं घाइते भएका छन । कर्नाटक राज्यको राजधानी बेङलुरुदेखि १०५ किलोमिटर टाढा घटना भएको बताइएको छ । वस सडकबाट नहरमा खसेको थियो । घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ । केही घाइतेको

Read More

मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु, ३३ जना घाइते

अफगानिस्तानको पूर्वी खोस्ट प्रान्तको मन्दोजाई जिल्लास्थित एक मस्जिदमा भएको बम आक्रमणमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा ३३ जना घाइते भएका छन् । मृत्यु र घाईते हुने सबै अफगान राष्ट्रिय सेनाका सुरक्षाकर्मी भएको खोस्ट सुरक्षा बेसका प्रवक्ताले जनाएका छन् । मस्जिदमा प्रार्थनाका लागि ठूलो संख्यामा धर्मावलम्बीहरु आएका बेला सैनिकहरु रहेको

Read More

अष्ट्रेलियामा धुलोसहितको आँधीले जनजीवन कष्टकर

एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्स क्षेत्रबाट सुरु भएको धुलोसहितको आँधीले सिड्नी आसपासको जनजीवन कष्टकर भएको छ । त्यहाँ सरकारी अधिकारीहरुले आज आएको आँधीले जनस्वास्थ्यमा नराम्रो असर पार्ने भन्दै सावधान अपनाउन आग्रह गरेका छन । ५ सय किलोमिटर चौडा धुलोसहित फैलिएको आँधीले सहर घेर्न थालेको र यसबाट सबैले सावधान अपनाउनुपर्ने उनीहरुले

Read More

सुष्मा स्वराजद्धारा चुनावी राजनीतिबाट संन्यासको घोषणा

एजेन्सी । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले चुनावी राजनीतिबाट संन्यासको घोषणा गरेकी छन् । ६६ वर्षिया स्वराजले आगामी सन् २०१९ को लोकसभा निर्वाचनमा समेत प्रतिस्पर्धा नगर्ने घोषणा गरेकी हुन् । निश्चित उमेरपछि राजनीतिबाट संन्यास लिने परम्पराको सुरुवातका लागि आफूले निर्वाचन नलड्ने घोषणा गरेको उनको भनाइ छ । सन् १९७७ मा २५ वर्षको

Read More

ट्रम्पद्वारा साउदी अरबसँगको सहकार्यको बचाउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबसँगको सहकार्यको बचाउ गर्नुभएको छ । पत्रकार जमाल खाशोग्जीको हत्याको विषयलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढीरहेका बेला ट्रम्पले साउदी अरेबियासँग अमेरिकी सहकार्यको बचाउ गर्दै सम्बन्धको पक्षमा कडा रुपमा उभिनु भएकोछ । खशोग्जी हत्या प्रकरणको ढाकछोपमा साउदी अरेबिया लागेको र त्यसमा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि साथ दिइरहेको

Read More

आत्मघाती विस्फोटमा ५० को मृत्यु, ८३ घाइते

अफगानिस्तानको राजधानी काबुलमा मुसलमान धर्मगुरुहरु भेला भएको एउटा हलमा आत्मघाती विस्फोट गराइँदा कम्तिमा ५० जनाको मृत्यु भएको छ । पैगम्बर मोहम्मदको जन्मजयन्ती मनाउन मुसलमान धर्मगुरुहरु भेला भएका बेला विस्फोट भएको हो । विस्फोटमा कम्तिमा ८३ जना घाइते भएका छन् । एक आत्मघाती हमलाकारीले विस्फोट गराएको अधिकारीहरुले जनाएका छन् । विमानस्थल

Read More