Friday, November 22, 2024
Home > खेलकुद समाचार > १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख

काठमाण्डौ २२ असोज
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को ब्याडमिन्टन खेलको सामान खरिदमा अनियमितता भएको पाइएको छ । साग प्रतियोगिताको दौरान ब्याडमिन्टन खेलाडीको जुत्ता र म्याट खरिदमा अनियमितता भएको भन्दै छानबिन गर्न युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार राखेपले भदौ ३ गते बोर्ड सदस्य गोबिन्द्र भट्टराईको नेतृत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले झण्डै डेढ महिना लगाएर तयार पारेको छानविन प्रतिवेदन राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई बुझाएको छ । समितिले ब्याडमिन्टनको जुत्ता खरिदमा प्रष्ट रुपमा अनियमितता भएको देखिएको बताएको छ । जुत्ता किन्न खेलाडीको पैसा निकासा भएको तर खेलाडीले सामान नपाएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *