काठमाण्डौ २२ असोज
जनकपुरको प्रसिद्ध बाह्र विघा मैदान पछिल्लो समय फोहर फाल्ने थलो बनेको छ । रामायण कालमा सीता र रामको स्वयम्बर भएको स्थलको रुपमा परिचित रहेको यस स्थान सरोकारवाला निकायहरुको उदासिनताका कारण अहिले फोहर फाल्ने थलो बनेको हो । धार्मिक आस्थासँग जोडिएको यो ठाउँमा अहिले नगरभरिको फोहर फाल्दा आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । यो स्थानको संरक्षणको जिम्मेवारी लिएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदको उादसिनताका कारण संरक्षणविहिन मात्रै बनेको छैन फोहर फाल्ने थलोको रुप विकसित हुँदै गएको देखिन्छ । प्रादेशिक अस्पतालको छेउमै रहेको रंगभूमि मैदानले समेत परिचित बाह्र विघामा अस्पतालबाट निस्किने फोहरसमेत फालिने गरेको छ । अस्पतालबाट निस्किने फोहरका कारण रंगभूमि मैदान दुर्गन्धित बनेको छ । भारतबाट आउने श्रद्धालुहरु यस ठाउँको माटो लिएर जाने गरेको स्थानीय ७० वर्षीय जुरी कापरले बताउनुभयो । उहाँले अहिले सो पवित्र ठाउँको अवस्थालाई देखेर मन दुखेको उहाँको भनाइ ।