Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > भन्सार छलि सिमा वारपार गराउन खोजिएको ४ लाख मुल्य बढीका मालसामान बरामद

भन्सार छलि सिमा वारपार गराउन खोजिएको ४ लाख मुल्य बढीका मालसामान बरामद

मोरङ २२ असोज
जिल्ला प्रहरी कार्यालय मोरङले भन्सार छलि सिमा वारपार गराउन खोजिएको ४ लाख मुल्य बढीका मालसामान बरामद गरेको छ । प्रहरीले पछिल्लो दुईदिनमा मोरङका विभिन्न स्थानबाट ४ लाख १४ हजार २ सय मुल्य बराबरको किराना लगायतका सामग्री बरामद गरेको हो । प्रहरीले हिजो बिहान भारतबाट नेपालतर्फ ल्याउन लागिएको अवस्थामा विराटनगर १४ बाट ९० केजी जिरा र ६० केजी काजु बरामद गरेको छ । यसैगरि प्रहरीले मंगलबार साँझ विराटनगर १५ स्थित भन्सार कार्यालय दक्षिणतर्फको सडकमा बेवारिसे छाडिएको १ लाख २६ हजार २ सय मुल्य बराबरको जुत्ता,कपडा र किरानाका सामग्रीहरु बरामद गरेको थियो भने हिजै बिहान धनपालथान गाँउपालिका १ का श्याम मण्डलको आँगनबाट भारततर्फ पठाउन ठीक्क पारिएको १ लाख ८० हजार मुल्य बराबरको ९० बोरा सेतो मटर बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीनै स्थानबाट सामग्री बरामद गरेको हो । बरामद सामग्री विराटनगर भन्सार कार्यालयमा बुझाउन लागिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानबहादुर राईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *