Saturday, November 23, 2024
Home > आर्थिक समाचार > धनकुटामा आर्थिक बर्ष २०७६÷७७ मा अघिल्लो बर्षको तुलनामा उद्योग दर्ताको संख्यामा कमी

धनकुटामा आर्थिक बर्ष २०७६÷७७ मा अघिल्लो बर्षको तुलनामा उद्योग दर्ताको संख्यामा कमी

धनकुटा २१ असोज
धनकुटामा आर्थिक बर्ष २०७६÷७७ मा अघिल्लो बर्षको तुलनामा उद्योग दर्ताको संख्या घटेको छ ।
आर्थिक वर्ष २०७५÷७६ मा धनकुटामा ५ सय ३७ उद्योग थपिएका थिए भने आर्थिक वर्ष २०७६÷७७ मा ३ सय ९७ वटा उद्योग थप भएका छन् । यसरी थप हुने उद्योगमा सबैभन्दा बढी कृषि तथा वनसँग सम्बन्धित उद्योग रहेका छन् । यसरी थप भएका उद्योगमा २ सय उद्योग महिलाको स्वामित्वमा रहेका छन् भने १ सय ९७ उद्योग पुरुषको स्वामित्व रहेको छ । यी उद्योगमा १ हजार ४ सय बढीले रोजगारी पाएका छन् भने ४६ करोड ६३ लाख रुपैयाँ लगानी भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा १५ लाख १४ हजार ५ सय रुपैयाँ कार्यलयले राजस्व संकलनसमेत गरेको छ । तर, आर्थिक वर्ष २०७५÷७६ मा भन्दा आर्थिक वर्ष २०७६÷७७ मा उद्योग दर्ता कमी आउनुको कारण भने कार्यालयले लकडाउनलाई प्रमुख मानेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *