Friday, November 22, 2024
Home > राष्ट्रिय समाचार > प्राकृतिक स्रोतको उपयोगमा आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको एक कार्यक्रमका बक्ताहरूको भनाई

प्राकृतिक स्रोतको उपयोगमा आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको एक कार्यक्रमका बक्ताहरूको भनाई

विराटनगर २१ असोज

प्राकृतिक स्रोतको उपयोगमा आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको एक कार्यक्रमका बक्ताहरूले बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नेपालले. विराटनगरमा आयोजना गरेको सरोकारवाला बीचको छलफलमा सहभागिहरूले आदिवासी जनजाति महिलाको सहभागिता न्यून रहेको बताएका हुन् । कार्यक्रममा कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामतले प्राकृतिक स्रोत साधनको उपयोगमा आदिवासी जनजाति महिलाहरूको सहभागिता नगन्य रहेको बताउनुभयो । उहाँले मोरङको उत्तरी क्षेत्रमा भएको राष्ट्रिय वनबाट दक्षिणी भेगका बासिन्दा पूर्णरुपमा बञ्चित भएको गुनासो गर्नुभयो । यस्तै स्थानीय स्तरमा भएका प्राकृतिक स्रोत साधनको उपयोगमा पनि महिलाहरू पछि परेको सुनवर्षी नगरपालिकाकी उपप्रमुख मञ्जुकुमारी रायले बताउनुभयो । र्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सहसचिव वलराम निरौलाले भूमि उपयोग सम्बन्धी अधिकार प्रदेश सरकारलाई आइनसकेको जानकारी दिनुभयो । उहाँले अन्य प्राकृतिक स्रोत साधनको उपयोगमा सबैलाई समान अधिकार प्रदान गरिने स्पष्ट पार्नुभयो । जिल्ला वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले जिल्लाका दक्षिणी भेगमा रहेको ऐलानी जग्गाहरूमा वृक्षारोपण गरेर नयाँ वन बनाउने र ऐलानी जमिनको उपयोग गर्ने योजना रहेको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *