भोजपुर २० असोज
कोरोना संकटको जोखिम बढी रहेको भन्दै भोजपुरको पौवादुङमा गाउँपालिकाका ब्यवसायी हर्क कोइरालाले साढे एक्काइस हजार बढी मास्क बिभिन्न क्षेत्रलाई सहयोग गर्नु भएको छ । भोजपुरको पौवादुङमा गाउँपालिकाका व्यवसायी कोइरालाले विद्यालय, सरकारी कार्यालय, प्रहरी कार्यालय र सञ्चार गृहहरुलाई मास्क सहयोग गर्नु भएको हो । गाउँपालिका भित्रका ६ वटा माध्यामिक बिद्यालयलाई ६ हजार, २५ प्राथमिक विद्यालयलाई ७ हजार ८ सय र दुई वटा आधारभुत विद्यालयलाई ८ सय मास्क सहयोग गर्नु भएको हो । यसैगरी कोइरालाले गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा ६ सय,सहित इलाका प्रहरी कार्यालय तिवारीभञ्याङ, केही नीजि विद्यालयलाई मास्क सहयोग गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरलाई ४ हजार र नेपाल पत्रकार महासंघ भोजपुरलाई पनि ६ सय गरी २१ हजार ६ सय ५० मास्क सहयोग गरेको कोइरालाले बताउनु भयो । गाउँपालिका अध्यक्ष किरण राई लगायतको उपस्थितीमा गाउँपालिकामा हिजो कोइरालाले बिभिन्न क्षेत्रलाई मास्क सहयोग गर्नु भएको हो ।