Thursday, November 21, 2024
Home > खेलकुद समाचार > प्रथम बंगलादेश अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक

प्रथम बंगलादेश अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा आयशा शाक्य र पार्वती गुरुङले स्वर्ण पदक

काठमाण्डौ २० असोज
आयशा शाक्य र पार्वती गुरुङले प्रथम बंगलादेश तेक्वान्दो अनलाइन अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जितेका छन् ।
महिलातर्फ आयशाले ४० वर्षमुनि र पार्वतीले ३० वर्षमुनि उमेर समूहमा स्वर्ण जितेको तेक्वान्दो प्रशिक्षक ओलम्पियन दीपक विष्टले जनाएका छन् । पार्वतीले स्वर्ण जितेको स्पर्धामा निता गुरुङ रजतमा सीमित भइन् । पुरुष २४ वर्षमुनि कृष्णबहादुर तामाङले रजत हात पारे भने दीपेन्द्र गुरुङले छैटौं स्थानमा रहे । सोही उमेर समूहको महिला स्पर्धामा सिना मादेन दोश्रो भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *