Friday, November 22, 2024
Home > खेलकुद समाचार > दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो

दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लियो

एजेन्सी २० असोज
नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
दुबईमा हिजो राति रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बैंगलोरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनायो । बैंगलोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । वासिङटन सुन्दरले १७ तथा आरोन फिन्चले १३ रन जोडे । नाभदिप सैनीले अविजित १२ रन बनाउँदा मोइन अली र शिवम डुबेले समान ११÷११ रन बनाए । दिल्लीका कागिसो राबडाले ४ विकेट लिए । एन्रीच नोट्र्जे र अक्षर पटेलले २÷२ विकेट झारे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो । दिल्लीका लागि मार्कुस स्टोनिसले अविजित रहदै ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै पृथ्वी शले ४२ रन जोड्दा ऋषब पन्तले ३७ रन बनाए । शिखर धवनले ३२ रन बनाउदा कप्तान श्रेयस आयर ११ रनमा आउट भए । दिल्लीले सन्दीपलाई भने मैदान उतारेन । सन्दीप लगातार पाँचौ खेलमा टिममा नपरेका हुन् । बैंगलोरका मोहमद सिराजले २ विकेट लिए । इशुरु उडाना र मोइन अलीले १÷१ विकेट लिए । जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *