Thursday, November 21, 2024
Home > राष्ट्रिय समाचार > नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनायो

नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनायो

काठमाण्डौ १९ असोज
नेपाली कांग्रेसले डा. गोविन्द केसीले राख्नुभएका मागहरु जायज भएको भन्दै एकवद्धता जनाएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले डा. केसीको मागहरुमा समर्थन जनाउँदै कांग्रेसले औपचारिक रुपमा विज्ञप्ति जारी गरिसकेको बताउनुभयो । तर पनि केन्द्रीय कार्यसमितिको बैठकबाटै थप निर्णय गरी एक्येबद्धता जनाउने तयारी भइरहेको उहाँले बताउनुभयो । डा. गोविन्द केसीले विगतदेखि नै जायज माग राख्दै आउनुभएको र कांग्रेस नेतृत्वको सरकारका पालामा भएका सम्झौता कार्यान्वयन भए अधिकांश मागहरु पूरा हुने पनि उहाँले बताउनुभयो । पछिल्लो समय पीसीआर परीक्षण बढाउने र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सन्दर्भमा नयाँ जायज माग राख्नुभएकाले सरकारले तत्काल वार्ता गरी सुनुवाई गर्नुपर्ने उहाँको भनाइ छ । संसदको विशेष अधिवेशन बोलाउने सन्दर्भमा कांग्रेसले औपचारिक निर्णय गरि नसकेको प्रवक्ता शर्माले बताउनुभयो । यद्यपि जनजीवन चलिरहेको अवस्थामा भौतिक दूरी कायम राखेर संसद अधिवेशन चलाउनुपर्ने उहाँले बताउनुभयो । विदेशबाट नेपालीहरु फर्कन नपाएको अवस्था, चाडपर्वमा बजारमा हुने महँगी, अस्पतालमा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थालगायतका विषयमा सरकारले संसद अधिवेशन बोलाएर नागरिकका कुरा राख्न मार्गनिर्देश गर्नुपर्ने पनि उहाँले बताउनुभयो । यो विषयमा पनि केन्द्रीय कार्यसमितिले औपचारिक निर्णय गर्ने पनि प्रवक्ता शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *