Sunday, November 24, 2024
Home > आर्थिक समाचार > चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशियो

चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशियो

झापा १९ असोज
चाडपर्व नजिकिएसँगै पूर्वका बजारमा तरकारीको भाउ आकाशिएको छ । किसानले उत्पादन गरेको तरकारी व्यापारीले दोब्बर भाउमा बिक्रि गर्ने गरेका छन । असोज–कात्तिकमा तरकारी उत्पादनमा तुलनात्मक रुपमा कमी आउनु, सिजन अनुसार उत्पादन वृद्धि नहुनु र कोभिड १९ को महामारीका कारणले बजारमा तरकारीको मूल्य बढेको छ । पूर्वमा स्थानिय स्तरमा तरकारीको उत्पादनको कमी र भारतबाट आयात कम हुँदा बजारमा तरकारीको भाउ पनि आकासिदै गएको हो । सर्वसाधारणको भान्सामा दैनिक उपभोगमा आउने आलु, प्याज, काउली, बन्दा, करेला, गोलभेडा, टमाटर, बोडी, भेन्टा लगायतका तरकारीको मूल्य दोब्बरले बढेको छ । झापाको विर्तामोडमा रहेको कृषी थोक बजारमा सिबी, बोडी, साग, कांक्रा भिन्डी, जस्ता तरकारीको भाउ प्रतिकेजी एक सय रुपैयाँ भन्दा बढी छ । त्यस्तै, आलु र टमाटरको मुल्य साबिक भन्दा दोब्बर बढेको छ । बर्खामा तरकारी उत्पादन नहुँदा लगत्तै आउने चाडवार्डमा वर्षेनी तरकारीको मुल्य बढ्ने गरेको व्यापारीहरु बताउँछन् । हाल तरकारी उत्पादन नहुने र बजारमा माग बढ्ने गरेका कारण तरकारीको मुल्य बढेको उनीहरुको भनाई छ । झापामा हरियो तरकारी बाहेक ठूलो परिमाणमा आलु, प्याज, लसुन, पर्वल लगायतका तरकारी भारतबाट आउने गरेको छ । सिबी, बोडी, साग, कांक्रा, भिन्डी लगायत हरियो तरकारी भने ईलाम, पाँचथर, ताप्लेजुङ र धनकुटाबाट झापा भित्र्ने गरेको कृषी थोक बजार व्यवस्थापन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *