बिराटनगर १८ असोज
नेपाल कम्युनिष्ट पार्टी नेकपा महानगर कमिटि वडानम्बर ८ को सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगर–८ प्रगतिटोलस्थित गणेश मन्दिर परिसरमा हिजो आयोजित कार्यक्रमकाबीच वडा कमिटिका पदाधिकारीले सपथ ग्रहण गरेका हुन । महानगर कमिटि कार्यालय सदस्य शारदा मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य महेश रेग्मीले पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनुभयो । सो वडा कमिटिको अध्यक्षमा राम पोखरेल र सचिवमा ज्ञानबहादुर कार्की रहनुभएको छ भने थप ४३ जना सदस्य छन । तत्कालीन एमाले र माओबादीको समायोजन पछि गठित नयाँ कमिटिलाई सपथ ग्रहण गराइएको हो । हाल सदस्यकारुपमा रहेका वडाकमिटिका सदस्यहरुवाटै महाधिवेशनपछि रिक्त रहेका पदाधिकारी छनौट गरिने वडा कमिटिले जनाएको छ । सपथ ग्रहण कार्यक्रममा महानगर कमिटि अध्यक्ष सागर थापाले वडा कमिटिलाई सफल कार्यकालको शुभकामना दिनु भएको थियो । महानगरका १९ वडामध्ये वडानम्बर १० बाहेकका सबै वडाहरुमा सपथ ग्रहण भइसकेको जनाइएको छ ।