Friday, November 22, 2024
Home > मुख्य समाचार > अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै काठमाडौंकमो माइतीघरमा युवाहरुको प्रदर्शन

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै काठमाडौंकमो माइतीघरमा युवाहरुको प्रदर्शन

काठमाण्डौ १८ असोज
चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बस्नुभएका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन । अनसनको २० दिन पुग्दा समेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागि युवाहरुले बताएका छन । भदौ २९ गतेबाट अनसन थाल्नुभएका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा हुनुहुन्छ । प्रदर्शनमा सहभागि युवाहरुले केसीको अवस्था जटिल बन्दै गएको बताएका छन । केसीको उपचारमा संलग्न चिकित्सकहरुले केसीको अवस्था जटिल बन्दै गएकाले आइसियुमा उपचार गर्नुपर्ने बताएपनि केसीले मान्नुभएको छैन । सरकारको प्राथमिकता देश र जनताका समस्या नभएकाले केसीसँग वार्ताका लागि अहिलेसम्म कुनै पहल समेत नगरेको उनीहरुको आरोप छ । माइतीघर मण्डलामा युवाहरुले ‘केसीको आवाज कहिले सुन्छौ सरकार’ भन्दै नारा समेत लगाएका थिए । केसीले ६ बुँदे माग अघि सार्दै जुम्लाबाट अनसन सुरु गर्नुभएको हो । दुर्गममा मेडिकल कलेज खोल्नुपर्ने, विगतमा भएका सहमति कार्यान्वयन हुनुपर्ने लगायतका माग उहाँले राख्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *