Friday, November 22, 2024
Home > मुख्य समाचार > सर्पदंशको उपचारका लागि आवश्यक पर्ने औषधिको उत्पादन अब नेपालमै गर्ने तयारी

सर्पदंशको उपचारका लागि आवश्यक पर्ने औषधिको उत्पादन अब नेपालमै गर्ने तयारी

सुनसरी १८ असोज
समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौँ मानिसले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् । यस्तो समस्या विशेषगरी तराईका जिल्लामा बढी देखिने गरेको छ । यसैलाई ध्यानमा राखेर सर्पदंशको उपचारका लागि आवश्यक पर्ने औषधिको उत्पादन अब नेपालमै हुने भएको छ ।  समयमै औषधोपचार नपाउँदा नेपालमा बर्सेनि सयौंं मानिसले सर्पको टोकाइबाट ज्यान गुमाइरहेको परिप्रेक्षमा निजी क्षेत्रबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा एन्टी भेनम सेरम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ प्रालि खुलेको छ । भेनम उत्पादनका लागि ८८ करोड ६३ लाख खर्च छुट्याएर काम अघि बढाइएको कम्पनीका अध्यक्ष लक्ष्मीप्रसाद फुँयाल बताउनुहुन्छ । अध्यक्ष फुँयालले नेपालमा कानुन बनिसकेकोले अब दुई वर्षभित्रै स्नेक एन्टी भेनमु उत्पादन गर्ने बताउनुभयो ।  विगत केही वर्षदेखि सर्पको डसाईको औषधीका लागि भारतसँग निर्भर रहनु परेको अवस्थामा यस एन्टी स्नेक भेनम भेनम रिसर्च एण्ड म्यानुफ्याक्चरिङ्ग प्रा.लिको स्थापनापश्चात सर्पदंशको औषधीको परनिर्भरताका हट्ने विश्वास लिइएको छ । औषधि व्यवस्था विभागबाट भेनम उत्पादन अनुमति लिइसकेको भए पनि कम्पनी सर्प पाल्ने कानून नहुँदा अगाडि बढ्न सकेको थिएन । तर, अब सर्पदंशको औषधि नेपालमै सम्भव देखिएको, नेपालमै सर्पदंशको औषधि उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन गरिरहेका सर्पविद् लक्ष्मीप्रसाद फुयाँलले बताएका छन् । सर्पसँग निकै नजिक रहेका प्राबिधिक रामजी चौधरी अहिले सर्प संकलनमा लाग्नुभएको छ । सर्पदंशको औषधि उत्पादन गर्न सबैभन्दा पहिले सर्पको विष इन्जेक्सनमार्फत घोडामा पठाएपछि घोडाबाट निस्कने रगतबाट नै औषधि बनाउन सकिने सर्प विशेषज्ञको भनाइ छ । साथै निकट भविष्यमा कम्पनीको दक्षिण एसिया, अफ्रिका, यूरोपलगायतका ६० वटाभन्दा बढी देशहरुमा पनि निर्यात गर्ने गरी उत्पादन गर्ने उद्देश्य भएको हुनाले यसबाट राज्यलाई प्रत्यक्ष लाभ हुने देखिन्छ । निजि लगानीबाट यति ठूलो कामको सुरुवात भए पनि अहिलेसम्म्म राज्यको ध्यान जान सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *