Friday, November 22, 2024
Home > आर्थिक समाचार > सुनसरीको बर्जुमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई विधि प्रभावकारी बन्दै

सुनसरीको बर्जुमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई विधि प्रभावकारी बन्दै

सुनसरी १७ असोज

सुनसरीको बर्जु गाउँपालिका–४ हसनपुरमा रहेको आइएमएस एग्रो कृषि फर्मले सुरु गरेको थोपा सिचाई प्रभावकारी देखिएको छ । यही थोपा सिंचाइबाट ठूलो क्षेत्रमा मेवा, कगती र सयपत्री फूलको खेती गरिरहेका छन् । व्यावसायिक खेतीमा पनि उत्पादनको गुणस्तर राम्रो बनाउनदेखि उत्पादन लागत घटाउन सिंचाइको उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ ।  २५ बिघा जमिनलाई विभिन्न प्लटमा बिभाजन गर्दै १२ बिघामा कागती, ५ बिघामा स्टोबेरी खेती गरिएको छ भने १ बिघा जमिन रिसर्चका लागि छुट्याएको छ । सबैभन्दा बढी मेवा उत्पादन सुरु गरिएको आइएमएस एग्रोका प्राविधिक सुवाश चौधरी बताउँछन् । थोपा सिंचाइ प्रत्येक विरुवाको फेदमा पानीको थोपा थोपा झारेर पुर्याउने गरिन्छ । प्लाष्टिक पाइपबाट प्रत्येक विरुवाको फेदमा पानीलाई थोपाको रुपमा पठाउने गरिन्छ । पानी थोरै हुने क्षेत्रमा यो विधि प्रभावकारी बन्न सक्ने, वर्षाको पानी संकलन गरी थोपाको माध्यमबाट पनि पानी पठाउन सकिन जानकार बताउँछन् । सिंचाइको लागि पानी र मलसमेत मेसिनको प्रयोग गर्दै थोपा सिचाईबाट बिरुवालाई पुर्याइन्छ । थोरै जनशक्तिको प्रयोग गरेर यस प्रविधिबाट धेरै खेती गर्न सकिने आइएमएस एग्रो इन्चार्ज दिपेश खड्का बताउँछन् । यति प्रभावकारी मानिने यो थोपा सिँचाइ प्रविधि एक तिहाइ किसान माझ पनि पुग्न सकेको छैन । थोपा सिंचाइ प्रयोग गर्न सुरुको लागत अलि बढी भए पनि पछिको सिंचाइका लागि हुने खर्च धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ । एउटै बालिमा २–३ वटा बाली लगाएर जमिन व्यवस्थापन गरेको छ भने यसको बारेमा आइएमएसका इन्जार्च दिपेश खडका बताउँछन् ।धेरै कृषक र कृषि क्षेत्रका सम्बन्धित ग्रामीण भेगका मानिसहरूमा थोपा सिंचाइ महँगो सिंचाइ प्रणाली हो भन्ने मानसिकता रहेको पाइन्छ । तर, वास्तविकतामा भने ठीक उल्टो देखिन्छ । यो प्रविधिले कृषिमा उत्पादन बढाउनुको साथै लाग्ने श्रम र समयको बचतका साथै लागत मूल्यसमेत घटाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *