Friday, November 22, 2024
Home > खेलकुद समाचार > युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सको दोस्रो जित

युएईमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सको दोस्रो जित

एजेन्सी १६ असोज
साविक विजेता मुम्बई इन्डियन्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । अबुधाबीमा गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ४८ रनले पराजित गर्दै मुम्बईले दोस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि निकोलस पुरनले ४४ रन जोड्दा मायांक अग्रवालले २५ रन बनाए । मुम्बईका जस्प्रित बुम्राह, राहुल चाहर र जेम्स प्याटीनसनले २,२ विकेट लिए । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ७० रनको अर्धशतकीय इनिङ्स खेले । पन्जाबका सेल्डोन कोट्रेल, मोहमद शामी र क्रिश्नापा गोथामले एक एक विकेट लिए । जितसँगै मुम्बईले ४ खेलमा ४ अंक जोडेको छ । र, मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा २ अंक जोडेको पन्जाबको यो तेस्रो हार हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *