Sunday, November 24, 2024
Home > मुख्य समाचार > करका दर र अन्तशुल्क घटाउने सरकारले निर्णय

करका दर र अन्तशुल्क घटाउने सरकारले निर्णय

काठमाण्डौ १६ असोज
सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको बताउनुभयो । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताउनुभयो । यो व्यवस्था राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उहाँले बताउनुभयो । त्यस्तै मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १६९ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी मुलुकी अपराध संहिता २०७४ को दफा १२६ (क)को कसुर सम्बन्धी मुद्दा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले हेर्ने गरी तोक्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । तेजाव पीडितको नाम र फोटो प्रकाशित गरी सहयोग संकलनको नाममा रकम उठाउने कार्य पनि गैह्रकानूनी ठहर गरिएको र त्यस्तो कामगर्ने कसुरमा दण्डाधिकारीको रुपमा प्रमुख जिल्ला अधिकारीलाई तोकेको हो । यस्तै मुख्य सचिव लोकदर्शन रेग्मीले मिति २०७६ असोज १५ गते देखि लागू हुनेगरी राजीनामा दिएकोमा सोही मितिदेखि लागू हुनेगरी स्वीकृति भएको छ । मुख्य सचिव पदमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागि बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ । पूर्व अर्थमन्त्री डा युवराज खतिवडालाई संयुक्त राष्ट्र अमेरिकाका लागि आवासिय राजदूत पदमा र पनामा, कोष्टारिका, मेक्सीको, होन्डुरस, क्वाटेमालका लागि गैर आवासिय नेपाली राजदूत पदमा नियुक्तीका लागि सिफारिस गरेको छ । त्यस्तै पूर्व मूख्यसचिव लोकदर्शन रेग्मीलाई संयुक्त अधिराज्यका लागि आवासिय राजदूत र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र मालटाका लागि गैह्र आवासिय नेपाली राजदूत पदमा नियुक्तीका लागि गैह्र आवासिय नेपाली राजदूत पदमा नियुक्तीका लागि सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *