Monday, November 25, 2024
Home > आर्थिक समाचार > मोरङको बेलबारी यलम्बर टोलकी एक महिलाले पशुपालन गरी राम्रो आम्दानी लिँदै

मोरङको बेलबारी यलम्बर टोलकी एक महिलाले पशुपालन गरी राम्रो आम्दानी लिँदै

बेलबारी मोरङ १५ असोज

मोरङको बेलबारी–६ यलम्बर टोलकी सुजता खत्रीले एउटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायले अहिले मनग्गे आम्दानी दिइरहेको छ । एउटा गाईबाट सुरु गरेको पशुपालन व्यवसायले उनलाई आम्दानी मात्र नभएर एउटा सफल कृषकको रुपमा परिचयसमेत दिलाएको छ । सुजता आफू मात्र यो पेसामा लागिनन् उनले १० वर्षसम्म विदेश बसेका आफ्ना श्रीमानलाई समेत घर फर्काएर यही व्यवसायमा लगाउन सफल भएकी छिन् । एउटा गाईबाट सुरु गरेकी सुजतासँग अहिले गोठमा १५ माउ गाई छन् । उनले गाईको दूधबाट उनले मनग्गे आम्दानी लिइरहेकी छिन् । त्यसो त उनको सक्षम कृषि फममा गाईका अतिरिक्त लोकल कुखुरा, टर्की र बोयर जातका बोकासमेत रहेका छन् । हाल उनको फममा ८ सय कुखुरा र त्यति नै संख्यामा टर्की रहेका छन् । दाजुले सञ्चालन गरेको फर्मबाट प्रभावित भएर पशुपालनमा लागेको सुजता बताउँछिन् । उनका दाजुको वनिगाममा जयपति कृषि फम रहेको छ । पशुपाल तथा कृषि कर्ममा आफूहरुलाई वडा कार्यालयको सहयोग रहेको सुजता बताउँछिन् । खत्री परिवारले आफूसँग भएको जमिनमा बहुवर्षे र सिजनल घाँसको खेतिसमेत गरिरहेका छन् । पशुपालन गरेरै आफूहरुले मासिक पचास हजार जति कमाइ गरेको उनीहरु बताउँछन् । तर लकडाउनले गर्दा भने धेरै असर गरेको उनी बताउँछिन ।  लामो समय विदेश रहेका सन्देश खत्रीलाई अहिले आफ्नै देशमा केही गर्न पाउँदा साह्रै खुसी लागेको छ । सुरुमा परम्परावादी शैलीमै गाई पालन गरे पनि पछिल्लो समय भने आफूले आधुनिक तथा व्यवस्थित रुपमा गाईपालन गरेको बताउँछन् । वैदेशिक रोजगारमा गएर कमाएको भन्दा आफ्नै परिवारसँग बसेर कमाएको रकमको बढी महत्व रहेको उनी बताउँछन् ।
उनको कृषि फममा दुईजनाले रोजगार पाइरहेका छन् । सन्देशकी आमा पुन्यकला खत्री पनि छोराले आफ्नै गाउँमा परिवारसँगै काम गरिरहेकामा खुसी छिन् ।  पछिल्लो समय देशमा केही हुन्न भनेर भएभरको जग्गा जमिन बन्दकी राखेर विदेशिने होडबाजी छ । यस्तो होडवाजी चलिरहेको बेलामा कृषिकर्म गरेर देशमै राम्रो कमाइ गरेर राम्रो उदाहरण दिने बेलबारीकी सुजताबाट समाजले सिक्न जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *